एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ? « Khabarhub

एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै कार हात पारेका छन्।

लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो। लुम्बिनीको सफलतामा रोहितको अलराउन्ड प्रदर्शन निर्णायक रह्यो। उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे।

नेपालको तर्फबाट उनी सर्वाधिक रनकर्ता पनि हुन्। विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे।

रोहितले बलिङतर्फ पनि १० विकेट लिए भने उत्कृष्ट ब्याटर पनि भए। उनले प्रतियोगिताको ‘इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै पल्सर मोटरसाइकलसमेत पाए।

यस्तै, १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त रुपमा सन्दीप लामिछाने र अविनाश बोहोरा शीर्ष स्थानमा रहे।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन, सर्वोत्कृष्ट बलर सन्दीप लामिछाने बने। ‘रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै बोहरा र लामिछानेले सर्वोत्कृष्ट बलर पुरस्कारसहित मोटरसाइकल पाए।

ट्रम्पलम्यानले पाँच लाख पुरस्कार जिते। यस्तै, लुम्बिनीका तिलकराज भण्डारी ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।

लुम्बिनीका शेर मल्लले ‘इमर्जिङ’ खेलाडी बन्दै मोटरसाइकल हात पारे। पुरस्कार विजेतालाई सञ्चारमन्त्री जगदीश खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरे।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ४६ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक