एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ? « Khabarhub

एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै कार हात पारेका छन्।

लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो। लुम्बिनीको सफलतामा रोहितको अलराउन्ड प्रदर्शन निर्णायक रह्यो। उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे।

नेपालको तर्फबाट उनी सर्वाधिक रनकर्ता पनि हुन्। विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे।

रोहितले बलिङतर्फ पनि १० विकेट लिए भने उत्कृष्ट ब्याटर पनि भए। उनले प्रतियोगिताको ‘इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै पल्सर मोटरसाइकलसमेत पाए।

यस्तै, १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त रुपमा सन्दीप लामिछाने र अविनाश बोहोरा शीर्ष स्थानमा रहे।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन, सर्वोत्कृष्ट बलर सन्दीप लामिछाने बने। ‘रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै बोहरा र लामिछानेले सर्वोत्कृष्ट बलर पुरस्कारसहित मोटरसाइकल पाए।

ट्रम्पलम्यानले पाँच लाख पुरस्कार जिते। यस्तै, लुम्बिनीका तिलकराज भण्डारी ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।

लुम्बिनीका शेर मल्लले ‘इमर्जिङ’ खेलाडी बन्दै मोटरसाइकल हात पारे। पुरस्कार विजेतालाई सञ्चारमन्त्री जगदीश खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार प्रदान गरे।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ४६ बजे

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका