बन्दसत्र रोकेर ओलीले किन बोलाए एमाले केन्द्रीय कमिटी बैठक ? « Khabarhub

बन्दसत्र रोकेर ओलीले किन बोलाए एमाले केन्द्रीय कमिटी बैठक ?


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टीको ११ औं महाधिवेशनको बन्दसत्र रोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

आफ्नो टिम व्यवस्थापनमा समस्या भएपछि अध्यक्ष ओलीले बन्दसत्र रोकेर केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

बन्दसत्र अगाडि ओलीले केन्द्रीय कमिटी बैठकमा ४ पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव लाँदैछन् ।

प्रस्तावअनुसार चितवनमा भएको दसौं महाधिवेशनमा जस्तो पदाधिकारी १९ हुनेछन् ।

ओलीले दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्ताव गर्ने सम्भावना छ। उता २५१ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने गरेर केन्द्रीय कमिटीमा प्रस्ताव लान लागेका हुन् ।

केन्द्रीय कमिटीमा ओलीको बहुमत भएकोले यो प्रस्ताव पारित हुनसक्छ । यसअघि शुक्रबारको सचिवालय बैठकमा ओलीको प्रस्ताव फेल भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : ०१ बजे

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल