भृकुटीमण्डपमा एमाले नेता कार्यकर्ताको चहलपहल (तस्बिर) « Khabarhub

भृकुटीमण्डपमा एमाले नेता कार्यकर्ताको चहलपहल (तस्बिर)


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) को ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका लागि भृकुटी मण्डपमा नेता भेला भएका छन्। बैठकका लागि केन्द्रीय कमिटी सदस्य भृकुटी मण्डपमा भेला भएका हुन् ।अध्यक्ष केपी शर्मा ओली अहिलेसम्म बैठकस्थल पुगेका छैनन्।

अध्यक्ष ओली केही नेतासँग अहिले संवादमै छन्। त्यसकारण उनी अहिलेसम्म केन्द्रीय कमिटी बैठकस्थल नपुगेको बताइएको छ।

आफ्नो टिम व्यवस्थापनमा समस्या भएपछि अध्यक्ष ओलीले बन्दसत्र रोकेर केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

बन्दसत्र अगाडि ओलीले केन्द्रीय कमिटी बैठकमा चार पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव लाँदैछन् ।

प्रस्तावअनुसार चितवनमा भएको १० औं महाधिवेशनमा जस्तो पदाधिकारी १९ हुनेछन् ।

अध्यक्ष ओलीले बिहान ७ः३० बजे सुरु हुने बन्दसत्र रोकेर ९ बजेलाई केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्र दिउँसोसम्मका लागि सरेको हो । बन्दसत्रमा सहभागी हुन भृकुटीमण्डप पुगेका महाधिवेशन प्रतिनिधि अलपत्र परेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : २३ बजे

खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

चितवन– चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा

बैंकिङ क्षेत्रमा निक्षेप र ऋण प्रवाह दुवै घट्यो, विपन्न वर्ग कर्जामा ठूलो गिरावट

काठमाडौं– असोज महिनाको तुलनामा कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थामा

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

चितवन–  जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र

मधुवनीमा गोठघरमा आगलागी

मलङ्गवा– गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ

शुक्लाफाँटामा जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनः स्थापनाका लागि