शुक्लाफाँटामा जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन « Khabarhub

शुक्लाफाँटामा जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनः स्थापनाका लागि जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास निर्माण हुन सकेको छैन ।

मुक्त हलिया परिवारलाई सात धुरका दरले जग्गा उपलब्ध गराई जग्गाधनी पुर्जा (लालपुर्जा)समेत वितरण गरिएको भए पनि घर निर्माणका लागि आवश्यक सरकारी मापदण्डअनुसार जग्गा खण्डीकरण नगरिँदा पुनः स्थापनाको काम अघि बढ्न नसकेको हो । विसं २०७७ मा नगरपालिकाले २५ परिवारको पुनः स्थापनाका लागि उक्त जग्गा खरिद गरेको थियो ।

राष्ट्रिय हलिया मुक्ति समाजका जिल्ला अध्यक्ष शिवी लुहारका अनुसार जग्गाको चौडाइ न्यून भएकाले घर निर्माण सम्भव नभएको अवस्था देखिएपछि आवास निर्माण प्रक्रिया अलपत्र परेको छ । 

‘घर निर्माणको मापदण्डविपरीत जग्गा खरिद गरी लालपुर्जा वितरण गरिँदा मुक्त हलिया परिवार पुनः स्थापित हुन सकेनन्’, उनले भने । 

नगरपालिकाले आवास निर्माणका लागि ५० लाख बजेट विनियोजन गरी दुई कोठा, एक बरन्डा र एक शौचालयसहितका आवास निर्माण गर्ने योजना अघि सारेको थियो । 

सहयोगी संस्थालेसमेत सहकार्य गर्ने प्रतिबद्धता जनाएको थियो । तर खण्डीकरण गरिएको जग्गामा मापदण्डअनुसार आवास निर्माण सम्भव नदेखिएपछि दातृ निकायले हात झिकेको अध्यक्ष लुहारले बताए । त्यसयता पुनः स्थापनाको काम ठप्प अवस्थामा पुगेको उनको भनाइ छ ।

तत्कालीन नगरपालिकाको कार्यपालिका सदस्य ईश्वर सुनारले प्राविधिक त्रुटिका कारण जग्गाको चौडाइ कम राखिँदा आवास निर्माण अघि बढ्न नसकेको बताए  । 

‘तत्कालीन कार्यपालिकाको सात धुर जग्गामा आवास निर्माण हुन्छ भन्ने बुझाइ रह्यो, तर आवश्यक चौडाइबारे ध्यान पुगेन’, उनले भने ।

वडा नं १ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार खरिद गरिएको जग्गामा अधिकतम १८ वटा आवास मात्रै निर्माण हुनसक्ने देखिएको छ । ‘जग्गाको चौडाइ निकै कम छ, सरकारी मापदण्ड नै पुगेन’, उनले भने, ‘चालु आर्थिक वर्षमा पनि आवास निर्माण सम्भव देखिँदैन ।’

जग्गा खरिद प्रक्रियामा देखिएको समस्याबारे छानबिन गर्न नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको उनले जानकारी दिए । छानबिन समितिका संयोजक विष्टले एक/दुई दिनभित्र प्रक्रिया अघि बढाइने जानकारी दिए ।

‘जग्गा खरिद प्रक्रिया, मापदण्ड नपुग्नुका कारण र भएको त्रुटिबारे सम्बन्धित व्यक्तिसँग बुझ्नेछौँ’, उनले भने, ‘घरजग्गा भएका व्यक्तिसमेत पुनःस्थापनामा परेको भन्ने जानकारी आएको छ, त्यसबारे पनि छानबिन गरिन्छ ।’

पुनः स्थापनाका लागि लालपुर्जा पाएको वर्षौं बितिसक्दा पनि घर नबन्दा अझै झुपडीमै बस्नुपरेको मुक्त हलिया खन्टी दमाईंले गुनासो गरे । 

‘आवास निर्माणका लागि पटकपटक लालपूर्जा बोकेर नगरपालिका धायौँ’, उनले भने, ‘आश्वासन मात्रै पाइन्छ, काम अघि बढ्दैन ।’ हालसम्म नगरपालिकामा ३७६ जना मुक्त हलिया पुनः स्थापनमा परेका छन् ।

त्यसमध्ये ‘क’ श्रेणीको परिचयपत्र पाएका २५ जना मुक्त हलियाले जग्गाधनी लालपुर्जा पाए पनि पुनःस्थापन हुन सकेका छैनन भने दुई जना ‘क’ श्रेणीको परिचयपत्र पाएका मुक्त हलिया परिवार पुनःस्थापनमा पर्न सकेका छैनन् । 

लगतमा समावेश हुन नसकेका मुक्त हलिया परिवारको सङ्ख्या भने ३०० को हाराहारीमा रहेको बताइन्छ । रासस

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ०७ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र