मधुवनीमा गोठघरमा आगलागी « Khabarhub

मधुवनीमा गोठघरमा आगलागी


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा– गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । 

स्थानीय शिवजी पासवानको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए । 

आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मधुवनी गाउँबाट प्रहरी हवल्दार गौरीशङ्कर यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । 

प्रहरी र स्थानीयको सहयोगमा राति करिब ९ः०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । 

आगलागीमा एक बाख्राको जलेर मृत्यु भएको छ भने एक गाई र बाख्राका दुई पाठापाठी आंशिक रूपमा जली घाइते भएका छन् । 

साथै घरगोठमा राखिएको पाँच क्विन्टल धान, एक बोरा चामल तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ०८ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट