मधुवनीमा गोठघरमा आगलागी « Khabarhub

मधुवनीमा गोठघरमा आगलागी


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा– गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । 

स्थानीय शिवजी पासवानको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए । 

आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मधुवनी गाउँबाट प्रहरी हवल्दार गौरीशङ्कर यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । 

प्रहरी र स्थानीयको सहयोगमा राति करिब ९ः०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । 

आगलागीमा एक बाख्राको जलेर मृत्यु भएको छ भने एक गाई र बाख्राका दुई पाठापाठी आंशिक रूपमा जली घाइते भएका छन् । 

साथै घरगोठमा राखिएको पाँच क्विन्टल धान, एक बोरा चामल तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ०८ बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ