डेङ्गीको सङ्क्रमण घट्दो क्रममा « Khabarhub

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–  जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । 

गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा ११३ जनामा डेंङ्गी देखिएकामा यस वर्ष १२ जनामा यो रोगको सङ्क्रमण भेटिएको छ । 

कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार यस आवमा पाँच हजार ९२३ जनाको नमुना परीक्षण गरिएकामा अहिलेसम्म १७४ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो । 

गत आवको मङ्सिरसम्ममा एक हजार ४६३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । गत आवभर १७ हजार ३५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्यु भएको थियो ।

जिल्लामा गत वर्ष साउनमा १६०, भदौमा ३४९, असोजमा ४८७, कात्तिकमा ३३४ र मङ्सिरमा ११३ जनामा डेङ्गीको सङ्क्रमण देखिएको उनले जानकारी दिए । 

उनका अनुसार यसवर्ष साउनमा ४२ जना, भदौमा ४४ जना, असोजमा २९ जना, कात्तिकमा ४७ जना र मङ्सिरमा १२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । 

गत वर्षको तुलनामा यो वर्ष चितवनमा डेङ्गीको सङ्क्रमण कम पाइएको उनले बताए । उनले भने, ‘पुस लागेसँगै यो रोगको सङ्क्रमण घट्दै जान्छ ।’

यो रोग बढीमात्रामा सहरी क्षेत्रमा देखिएको उनले जानकारी दिए । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । 

डेङ्गी प्रजाति कुन हो र कसरी यसको विकास भएको छ भन्ने अध्ययन गर्न आवश्यक रहेको उनले बताए । रासस
 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : १२ बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ