राउतको निर्देशन रहेको लभस्टोरी फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक « Khabarhub

राउतको निर्देशन रहेको लभस्टोरी फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आइतबार फिल्मका शीर्ष कलाकार नायक अभिषेक खड्का र नायिका आकृति राजभण्डारी फिचर्ड पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अभिषेक र आकृति रोमान्टिक देखिएका छन् । यसले उनीहरू सुखद प्रेममा रहेको संकेत गर्छ ।

साथै, पोस्टरले फिल्म युवा जोडीको प्रेम कथामा बनेको प्रस्ट पार्छ ।

पोस्टरको पृष्ठभूमिमा ‘तरंग’हरू देख्न सकिन्छ । उनीहरूको प्रेम उत्कर्षमा रहेको संकेत गर्न उक्त तरंगहरु प्रयोग गरिएको निर्माण पक्षले बताएको छ ।

पोस्टर सार्वजनिकसँगै निर्माण पक्षले फिल्मको नयाँ गीत ‘तिमी बिना’ पुस ३ गते सार्वजनिक हुने जानकारी दिएको छ ।

‘कुमारी’को प्रदर्शन मिति माघ २३ लाई तोकिएको छ ।

पछिल्लो दशक सामाजिक कथाका फिल्ममा अभ्यास गरेर निर्देशक राउत लभस्टोरी जनरामा फर्किएका हुन् । उनी ‘आईएम सरी’ र ‘नोभम्बर रेन’ जस्ता सफल लभस्टोरी फिल्मका निर्देशक हुन् ।

विकास सुबेदीले लेखेको यस फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  २ : २३ बजे

प्रथम वैतेश्वर शिक्षक-कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित  वडा स्तरीय शिक्षक-कर्मचारी भलिबल

गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’

काठमाडौं- महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधि वितरण

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको

मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति मनाउने

काठमाडौं– मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,