राउतको निर्देशन रहेको लभस्टोरी फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक « Khabarhub

राउतको निर्देशन रहेको लभस्टोरी फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आइतबार फिल्मका शीर्ष कलाकार नायक अभिषेक खड्का र नायिका आकृति राजभण्डारी फिचर्ड पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अभिषेक र आकृति रोमान्टिक देखिएका छन् । यसले उनीहरू सुखद प्रेममा रहेको संकेत गर्छ ।

साथै, पोस्टरले फिल्म युवा जोडीको प्रेम कथामा बनेको प्रस्ट पार्छ ।

पोस्टरको पृष्ठभूमिमा ‘तरंग’हरू देख्न सकिन्छ । उनीहरूको प्रेम उत्कर्षमा रहेको संकेत गर्न उक्त तरंगहरु प्रयोग गरिएको निर्माण पक्षले बताएको छ ।

पोस्टर सार्वजनिकसँगै निर्माण पक्षले फिल्मको नयाँ गीत ‘तिमी बिना’ पुस ३ गते सार्वजनिक हुने जानकारी दिएको छ ।

‘कुमारी’को प्रदर्शन मिति माघ २३ लाई तोकिएको छ ।

पछिल्लो दशक सामाजिक कथाका फिल्ममा अभ्यास गरेर निर्देशक राउत लभस्टोरी जनरामा फर्किएका हुन् । उनी ‘आईएम सरी’ र ‘नोभम्बर रेन’ जस्ता सफल लभस्टोरी फिल्मका निर्देशक हुन् ।

विकास सुबेदीले लेखेको यस फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  २ : २३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको