राउतको निर्देशन रहेको लभस्टोरी फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक « Khabarhub

राउतको निर्देशन रहेको लभस्टोरी फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘कुमारी’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आइतबार फिल्मका शीर्ष कलाकार नायक अभिषेक खड्का र नायिका आकृति राजभण्डारी फिचर्ड पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अभिषेक र आकृति रोमान्टिक देखिएका छन् । यसले उनीहरू सुखद प्रेममा रहेको संकेत गर्छ ।

साथै, पोस्टरले फिल्म युवा जोडीको प्रेम कथामा बनेको प्रस्ट पार्छ ।

पोस्टरको पृष्ठभूमिमा ‘तरंग’हरू देख्न सकिन्छ । उनीहरूको प्रेम उत्कर्षमा रहेको संकेत गर्न उक्त तरंगहरु प्रयोग गरिएको निर्माण पक्षले बताएको छ ।

पोस्टर सार्वजनिकसँगै निर्माण पक्षले फिल्मको नयाँ गीत ‘तिमी बिना’ पुस ३ गते सार्वजनिक हुने जानकारी दिएको छ ।

‘कुमारी’को प्रदर्शन मिति माघ २३ लाई तोकिएको छ ।

पछिल्लो दशक सामाजिक कथाका फिल्ममा अभ्यास गरेर निर्देशक राउत लभस्टोरी जनरामा फर्किएका हुन् । उनी ‘आईएम सरी’ र ‘नोभम्बर रेन’ जस्ता सफल लभस्टोरी फिल्मका निर्देशक हुन् ।

विकास सुबेदीले लेखेको यस फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  २ : २३ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्