अन्तै कुद्न थाले कांग्रेसबाट जितेका भोजपुरका जिसस प्रमुख थुलुङ « Khabarhub

अन्तै कुद्न थाले कांग्रेसबाट जितेका भोजपुरका जिसस प्रमुख थुलुङ


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल थुलुङ राई अन्य पार्टीमा सक्रिय हुन थालेका छन् ।

२०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट जिसस प्रमुख बनेका उनी दुर्गा प्रसाईं राजेश प्रतेल नेतृत्वको पार्टीतिर देखिन थालेका हुन् ।

भोजपुरका कांग्रेसी नेताहरूसँग पछिल्लो समय सम्बन्ध बिग्रिँदै गएपछि उनी अन्य दलतिर सक्रिय हुन थालेका हुन् ।

यद्यपि उनी अहिलेसम्म कांग्रेस छाडेर अन्य दलमा लागेको पुष्टि भइसकेको छैन । तर उनी भोजपुरबाट झापाको कमल गाउँपालिका पुगेर राष्ट्रिय परिवर्तन पार्टीको घोषणा सभामा सहभागी भए ।

शनिबार भएको उक्त कार्यक्रममा उनी नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंसँगै देखिए । भोजपुरमा कांग्रेस नेता-कार्यकर्तासँगको सम्पर्कबाट बाहिर रहेका उनी नयाँ दलतिर प्रवेश गर्न लागेको चर्चा छ ।

भोजपुरका एकजना कांग्रेस नेताले थुलुङ अहिले पार्टीको सम्पर्कबाहिर रहेको बताए । ‘उहाँको अचेल फोन पनि उठ्दैन । पार्टी सम्पर्कबाट बाहिर हुनु हुन्छ । भोजपुरबाट तलतिर झरेर धर्मसँग जोडिएका पार्टीतिर डुलिरहनु भएको खबर पाएका छौँ’, ती नेताले भने, ‘जिसस प्रमुख पद जाने डरका कारण कांग्रेस छाडेको घोषणा त गर्नु भएको छैन । तर उहाँ धर्मकर्म मन पराउने भएकाले दुर्गा प्रसाईंको पनि बाक्लै सम्पर्कमा हुनु हुँदो रहेछ।’

थुलुङ २०७४ को चुनावमा भोजपुर नगरपालिका ३ को वडाध्यक्ष पनि भए । त्यसपछि २०७९ मा कांग्रेस-माओवादी गठबन्धनबाट जिसस प्रमुख बने । तर भोजपुरमा पछिल्लो समय उनी विवादमा पनि परेका थिए ।

थुलुङले कांग्रेस छाडे-नछाडेको अहिलेसम्म केही खुलाएका छैनन् । यसबारेमा उनलाई सम्पर्क गर्दा फोन नै उठाएनन् । निकटहरूका अनुसार थुलुङले मोबाइलमा सेभ भएकोबाहेक नम्बरबाट आएको फोन उठाउने गरेका छैनन् । खबरहबले यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ३ : ४१ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त