अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीचको सम्बन्ध विच्छेदबारे खुलासा  « Khabarhub

अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीचको सम्बन्ध विच्छेदबारे खुलासा 


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीच सम्बन्ध विच्छेदको हल्लाले पछिल्ला केही हप्तादेखि सामाजिक सञ्जाल र मिडियामा ठूलो चर्चा पाएको छ । 

एउटै कार्यक्रममा पुगे पनि दुवैले अलग–अलग उपस्थिति जनाएपछि उनीहरूको वैवाहिक जीवनमा समस्या आएको भन्ने हल्ला झनै तीव्र बनेको थियो । तर अभिषेक र ऐश्वर्याले यसबारे सार्वजनिक रूपमा मौनता कायम गर्दै आएका थिए ।

भारतीय मिडिया इन्डियन एक्सप्रेस अनुसार अभिषेक बच्चनले यसबारे प्रष्ट प्रतिक्रिया दिएका छन् । उनका अनुसार यी सबै हल्लाहरू वास्तविकता होइनन्, र उनीहरूको परिवार पूर्ण रूपमा सुखी छ ।

अभिषेकका अनुसार पहिले मानिसहरूले उनीहरूको विवाह कहिले हुन्छ भनेर सोध्ने गर्थे, तर अहिले भने सम्बन्ध विच्छेदको हल्ला फैलाइरहेका छन्, तर उनकी श्रीमतीलाई उनको सत्य थाहा छ र उनलाई श्रीमतीको, त्यसैले उनीहरू एक सुखी र स्वस्थ परिवार हुन् ।

अभिनेता अभिषेकले मनोरञ्जन क्षेत्रमा हुर्किएको अनुभव र यही क्षेत्रमा काम गर्ने पत्नी हुनुको फाइदा पनि उल्लेख गरे । उनका अनुसार मिडियाले कहिलेकाहीँ गलत समाचार चलाए पनि उनी यसलाई बुझ्छन् । 

उनका अनुसार, मिडियाको ‘ब्रेकिङ न्युज’ बनाउने दबाब आफूले बुझ्ने भए पनि कुनै गलत काम नगरेकाले जहाँ–त्यहीँ स्पष्टीकरण दिन आवश्यक ठान्दैनन्, तर परिवारबारे हदभन्दा बढी गलत कुरा फैलाइएमा भने अवश्य प्रतिवाद गर्छन् ।

अभिषेकसँग गरिएको अन्तर्वार्तामा छोरी आराध्याले यी हल्लाहरूबारे थाहा पाएकी छिन् कि छैनन् भन्ने प्रश्न पनि उठ्यो । जवाफमा अभिषेकले आशा व्यक्त गर्दै भने कि आराध्यालाई ती हल्लाहरूको जानकारी नभएको हुनसक्छ, किनकि उनी धेरै परिपक्व छिन् र उनकी आमाले उनलाई राम्रो संस्कारसहित बाहिरका सबै कुरा सहजै नमान्न सिकाएकी छन् ।

उनका अनुसार बच्चन परिवारभित्र आपसी इमानदारी र विश्वास बलियो छ, त्यसैले कसैप्रति कुनै शङ्का कायम गर्ने अवस्था नै हुँदैन । 

अभिषेकका यी भनाइले चर्चा भइरहेको सम्बन्ध विच्छेद हल्ला आधारहीन रहेको स्पष्ट भएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : २८ बजे

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको