रणवीर सिंह-अक्षय खन्ना स्टारर ‘धुरन्धर’ को नेपाल बक्सअफिसमा बलियो प्रदर्शन « Khabarhub

रणवीर सिंह-अक्षय खन्ना स्टारर ‘धुरन्धर’ को नेपाल बक्सअफिसमा बलियो प्रदर्शन


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले नेपालमा पनि बक्सअफिसमा दमदार उपस्थिति जनाइरहेको छ ।

प्रदर्शनको केही दिनमै फिल्मले नेपाली दर्शकको ध्यान तान्दै आइतबार मध्यान्हसम्म ५ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ ।

सिनेमा बक्सअफिसका अनुसार आइतबार दिउँसो १२ बजेसम्म ‘धुरन्धर’ को नेपाल कलेक्सन ५ करोड १२ लाख २० हजार २६४ रुपैयाँ ग्रस पुगेको छ। शनिबार मात्र फिल्मले करिब ८० लाख रुपैयाँ कमाएको तथ्यांकले यसको लोकप्रियता झन् स्पष्ट पार्छ।

भारत–पाकिस्तानबीचको भू–राजनीतिक पृष्ठभूमिमा आधारित यो एक्सन–स्पाई थ्रिलर कथावस्तु, तीव्र प्रस्तुति र सशक्त अभिनयका कारण नेपाली दर्शकलाई पनि रुचिपूर्ण बनेको देखिन्छ। सोही समयमा अन्य ठूला फिल्महरूको अभाव हुनु फिल्मका लागि थप फाइदाजनक साबित भएको छ।

भारतमा समेत ‘धुरन्धर’ ले बक्सअफिसमा आँधी ल्याउँदै शनिबारसम्म ३०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ। विशेषगरी अक्षय खन्नाको एन्ट्री गीत सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ, जसको प्रभाव नेपालमा पनि देखिएको छ। नेपाली कलाकार र दर्शकले रिल्स र टिकटकमार्फत फिल्मका दृश्यहरू साझा गरिरहेका छन्।

छिमेकी मुलुकमा पाएको व्यापक चर्चा र सकारात्मक प्रतिक्रियाले नेपालमा पनि ‘धुरन्धर’ को बक्सअफिस यात्रालाई थप बलियो बनाएको विश्लेषण गरिएको छ।
 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : ०७ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना