सञ्चालनमा आयो नेपालकै पहिलो लन्ड्री लाउन्ज « Khabarhub

सञ्चालनमा आयो नेपालकै पहिलो लन्ड्री लाउन्ज


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले साझेदार क्लासी क्लीनसँग मिलेर एलजीद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौंको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ । लन्ड्री लाउन्ज भनेको एलजीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो ।

कम्पनीका अनुसार एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नविन अनुभव प्रदान गर्दछ ।  

कम्पनीका अनुसार यस लन्ड्री लाउन्जको सञ्चालन सीजिका साझेदार क्लासी क्लीनले गरिरहेको छ भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ।

ग्राहकले हप्ताको ७ दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्ने कम्पनीले जनाएको छ । साथै, ड्रप अफ र पिक अप सुविधासमेत उपलब्ध छ।

यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा एलजी बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : ३५ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा