एमालेको निर्वाचन तालिका : तीन दिनमा सकिने महाधिवेशन थप तीन दिन लम्बिने निश्चित « Khabarhub

एमालेको निर्वाचन तालिका : तीन दिनमा सकिने महाधिवेशन थप तीन दिन लम्बिने निश्चित


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।

नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि सुरू महाधिवेशनको निर्वाचन तालिका आइतबार सार्वजनिक भएको हो ।

सार्वजनिक निर्वाचन तालिकाले एमालेको महाधिवेशन थप तीन दिन लम्बिने निश्चित भएको छ । एमालेले मंसिर २९ गते महाधिवेशन सक्ने भने पनि अब कुनै बाधा र विवाद नभए लम्बिएर पुस २ गते मात्रै सकिने अवस्था आएको छ

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आइतबार बेलुका ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।

त्यस्तै, आइतबार (मंसिर २९ गते) मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानविन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फारम वितरण, उम्मेदवारको दरखास्त फारम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोध उजुरी दिने, उजुरीउपर छानविन र निर्णय, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ ।

त्यस्तै, पुस १ गते बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान समय तोकिएको छ । विद्युतीय मेशिनमा मतदानपछिको मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : ०६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको