चिनियाँ प्रविधि कम्पनीलाई बेलायतले गर्‍यो कारवाही « Khabarhub

चिनियाँ प्रविधि कम्पनीलाई बेलायतले गर्‍यो कारवाही


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साइबरस्पेसमा अवाञ्छित गतिविधि गरेको भन्दै बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनीमाथि कारवाही गरेको छ । बेलायत र साझेदार मुलुकलाई लक्षित गरी साइबर आक्रमण गरेको भन्दै चीनका दुई वटा कम्पनीमाथि बेलायतले कारवाही गरेको हो ।

बेलायत सरकारले दिएको जानकारी अनुसार यसरी कारवाहीमा पर्ने चिनियाँ कम्पनीमा आई–सुन भनिने सिचुआज अन्क्सुन इन्फोरमेसन टेक्नोलोजी कम्पनी र इन्टिेग्रिटी टेक्नोलोजी ग्रुप छन् । आई–सुनले विश्वका ८० भन्दा धेरै सरकारी र निजी उद्योगका सूचना प्रविधिको प्रणालीमाथि आक्रमण गरेको आरोप लगाइएको छ ।

त्यसैगरी, इन्टेग्रिटी टेकले अरु समूहलाई साइबर आक्रमण गर्न सहयोग गरेको आरोप लागेको छ । यस्ता कम्पनीले चिनियाँ राज्यसँग आबद्ध साइबर आक्रमणमा सहयोग गर्दै आएको बेलायत सरकारको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : २५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ