इन्जुरी समयको गोलले चेल्सीलाई एक अङ्क « Khabarhub

इन्जुरी समयको गोलले चेल्सीलाई एक अङ्क


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चोटबाट फर्किएर मैदानमा उत्रेका कप्तान रिस जेम्सले इन्जुरी समयको पाँचौँ मिनेटमा बराबरी गोल गरेपछि चेल्सीले इङ्लिस प्रिमियर सिपको मंगलबार राति भएको खेलमा बोर्नमाउथसँग २-२ गोलको बराबरी गरेको छ।

विपक्षी गोलरक्षक मार्क ट्रेभर्सको गल्तीको फाइदा उठाउँदै १३ औँ मिनेटमा कोल पालमरले चेल्सीलाई अग्रता दिलाएका थिए। ५० औं मिनेटमा जस्टिन क्लुभर्टले पेनाल्टीलाई उपयोग गर्दै गोल गरे। ६८ औँ मिनेटमा सिमेन्याओको गोलमा भ्रमणकारी बोर्नमाउथले अग्रता लिएको थियो।

प्रिमियरसिपको अर्को खेलमा वेस्टहामले फलुहामलाई ३-२ ले हरायो। तालिकामा लिभरपुल २० खेलमा ४७ अङ्कसहित पहिलो स्थानमा छ। २१ खेलमा फरेस्टको ४१ तथा २० खेल मात्र खेलेको आर्सनलको ४० अङ्क छ। चेल्सी २१ खेलमा ३७ अङ्कसहित चौथो स्थानमा छ।

२० खेलमा न्यु क्याशलको ३५ अङ्क छ भने २१ खेलमा सिटीको पनि ३५ अङ्क छ। २१ खेलमा बोर्नमाउथको ३४ अङ्क छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ९ : १३ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच