संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्ध रिटको पेसी आज « Khabarhub

संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्ध रिटको पेसी आज


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति बदरको माग गरिएको रिटको पेसी आजका लागि तोकिएको छ ।

गत पुस १७ गतेका लागि प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।

आज सो रिटको पेसी दोस्रो नम्बरमा नै तोकिएकाले सुनुवाइ हुने सम्भावना बढी छ ।

२०७७ साल पुसमा दर्ता भएको उक्त मुद्दा एकपछि अर्को पेसी तोकिने गरेको भए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो ।

प्रधानमन्त्री ओलीले अध्ययादेशको सहारामा सिफारिस गरेका नियुक्तिहरू खारेजको माग गर्दै रिट दायर भएको झण्डै चार वर्ष पुग्नैलाग्दा पनि सर्वोच्च अदालतले कुनै निर्णय गर्न सकेको छैन ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न ३२ जनालाई नियुक्ति दिनुभन्दा एक दिनअघि नै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ माघ २० गते संवैधानिक आयोगमा हुने नियुक्ति र शपथ ग्रहण रोक्न सर्वोच्चमा रिट हालेका थिए ।

अर्यालले राष्ट्रपतिको कार्यालय शीतल निवास, नेपाल सरकार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।

नियुक्ति पाएकाहरूले अवकाशसमेत पाउन थालिसक्दा पनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयको छिनोफानो गर्न सर्वोच्चलाई सकस परेको छ ।

यो पनि…
ओलीको अध्यादेशबाट नियुक्तहरू अवकाशतिर, सर्वोच्चले भ्याउँदैन मुद्दा हेर्न

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १० : ५६ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६