दिलिपकी छोरी दिव्या भन्छिन्- ‘स्टारकिड’लाई फिल्ममा आउन सजिलो, स्थापित हुन गाह्रो « Khabarhub

दिलिपकी छोरी दिव्या भन्छिन्- ‘स्टारकिड’लाई फिल्ममा आउन सजिलो, स्थापित हुन गाह्रो


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मी क्षेत्रमा नयाँ ‘स्टारकिड’को आगमन भएको छ । उनी हुन्– दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी ।

दिव्याको फिल्म प्रदर्शनमा आएको छैन । उनी दुई फिल्म ‘एक्टर’ र ‘पिताम्बर’को छायाङ्कन सकेर बसेकी छन् । माघ १६ गते उनको डेब्यू फिल्म प्रदर्शनमा आउँदैछ ।

उनको दोस्रो फिल्म ‘पिताम्बर’को प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ । अर्थात्, डेब्यू गरेकै वर्ष उनको दुई फिल्म प्रदर्शनमा आउने निश्चित जस्तै छ ।

डेब्यू फिल्म ‘एक्टर’ ट्रेलरले दिव्याले फिल्ममा नायक प्रदीप खड्कासँग ‘अन स्क्रिन रोमान्स’ गरेको संकेत गर्छ । अर्थात्, उनले डेब्यू फिल्ममा अहिलेका डिमान्डेड स्टार नायकसँग सहकार्य गरेकी छन् ।

अभिनयमा संघर्ष गरिरहेका नायिकाका लागि डेब्यू फिल्ममै स्टार नायकसँग सहकार्य गर्न पाउनु गज्जबको अवसर हो । यस्ता अवसर कमैले पाउँछन् । ती भाग्यमानी नायिकामा दिव्या परेकी छन् ।

दिव्याले यो अवसर पाउनुकाे कारण मध्य एक हो– उनी स्टारकिड हुन् ।

दिव्याको दोस्रो फिल्म ‘पिताम्बर’मा पनि नायक प्रदीप नै छन् । उनीसँगै फिल्ममा दयाहाङ राई र सौगात मल्ल जस्ता नायक छन् । डेब्यू फिल्म प्रदर्शनमा नआउँदै उनले अहिलका चल्तीका स्टारसँग फिल्म गर्न भ्याएकी छन् । जुन अवसर कमैले पाउँछन् ।

दिव्या पनि आफू ‘स्टारकिड’ भएकै कारण फिल्ममा आउन अन्य नवनायिकालाई भन्दा सहज भएको स्वीकार गर्छिन् ।

‘पिताम्बर’को टिजर सार्वजनिक कार्यक्रममा उनले भनेकी थिइन्, ‘दिलिप रायमाझीले यो क्षेत्रमा तीन दशक योगदान गर्नुभएको छ । उहाँको छोरी भएको हिसाबले मलाई यस क्षेत्रमा प्रवेश गर्न सहज नै भएको हो ।’

उनले ‘दिलिपकी छोरी भएका कारण फिल्ममा स्थापित हुन सकिन्छ’ भन्ने भ्रम फिल्म क्षेत्रमा आएपछि भने तोडिँदै गएको सुनाइन् ।

भनिन्, ‘फिल्ममा आएपछि क्षमता प्रमाणित गर्न धेरै नै गाह्रो हुने रहेछ । आउन सजिलो तर स्थापित हुन गाह्रो । स्थापित हुन १०० प्रतिशत हैन २०० प्रतिशत प्रयास गर्नुपर्ने रहेछ ।’

दिव्याले आफ्नो क्षमता देखाउने उपयुक्त अवसर पाएकी छन् । अब अभिनयमार्फत् उनले दर्शकको मन जित्न सक्छिन् सक्दिनन् ? जितेर स्थापित हुन सक्छिछन्/सक्दिनन् ? त्यसको जवाफ कुर्न धेरै समय छैन ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  २ : ५७ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि