फन पार्क बनाउने क्रममा जग्गा रोक्का गरेपछि स्थानीयहरू सशंकित « Khabarhub

फन पार्क बनाउने क्रममा जग्गा रोक्का गरेपछि स्थानीयहरू सशंकित


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – महोत्तरीको बर्दिबास नगरपालिकाले रामजानकी फन पार्क बनाउने क्रममा स्थानीय जग्गाधनीहरूको जग्गा रोक्का गरेपछि जग्गाधनीहरू सशंकित बनेका छन् । फन पार्क बनाउने क्रममा नगरपालिकाले २८ जनाको ४२ कित्ता (३ बिघा ५ कट्ठा ५ धुर निजी जग्गा) रोक्का गरेको भन्दै जग्गाधनीहरू सशंकित बनेका हुन् ।

२०८० पुस १४ गते जिल्ला प्रशासन कार्यालयको पत्रका आधारमा मालपोत कार्यालय बर्दिबासले ती जग्गा रोक्का राखेको छ । बर्दिबास नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय महोत्तरीले जग्गा रोक्का राखिदिन मालपोतलाई पत्र लेखेको थियो ।

नगरपालिकाले गंगाराम खर्गाको ५ कट्ठा, विनोद पौड्यालको ५ कट्ठा, सञ्जुकुमारी राजकको २ कट्ठा ४ धुर, विमला लम्सालको १ कट्ठा, रेणु जयसवालको १ कट्ठा जग्गा रोक्का गराएको छ । त्यसैगरी, विनाकुमारी साहको १ बिघा ५ कट्ठा १९ धुर, जिवछी देवीको १० धुर, गौरीदेवीको १० धुर, रघुवीर साहको १० धुर, नीरस साहको १० धुर, उमाशंकर प्रसाद साहको १० धुर, इलाकुमारी देवीको १ कट्ठा जग्गा रोक्का गरिएको छ ।

त्यसै गरी, सञ्जुकुमारी रजकको १ कट्ठा, रामकिशोर यादवको १ कट्ठा, मञ्जुदेवी साहको १ कट्ठा, कुमारी रुपमा कान्ताको १ कट्ठा, प्रमीलादेवी साहको ४ कट्ठा जग्गा रोक्का राखिएको छ ।

त्यसै गरी, अशोक पञ्जियारको १ कट्ठा १० धुर, रागिनीकुमारी यादवको १ कट्ठा १२ धुर ५ कन्मा,  बेबी कुमारीको १ कट्ठा, सञ्जय यादवको १ कट्ठा, फूलकुमारी देवीको १० धुर, महोनीदेवी सुडीनको १ कट्ठा, किरण देवीको १० धुर, उषा देवीको १० धुर, वविता देवीको १ कट्ठा र हैदर अलीको १० धुर जग्गा रोक्का राखिएको छ ।

 रोक्का राखिएको जग्गा

रोक्का राखिएको जग्गाको बजार मूल्य २० लाख रुपैयाँ प्रतिधुर रहेको जग्गाधनीहरूको दाबी छ । रोक्का राखिएको जग्गाका धनीमध्ये गंगाराम खर्गाले आफूहरूले जग्गा अधिग्रहण रोक्न भनेर हारगुहार गरे पनि नगरपालिकाले नसुनेको गुनासो गरे ।

खर्गाले भने ‘भविष्यमा रोजगार पाउन सकिने, व्यापार व्यवसाय गर्न सकिने भनेर किनेको निजी जग्गा नगरपालिकाले अधिग्रहण गर्न लागेको छ । रोक्का राखिएका सबै जग्गाका धनीहरू त्यस नगरपालिकाका स्थायी बासिन्दा नभएका कारण हाम्रो जग्गा अधिग्रहण गर्न लागेको हो कि भन्ने हाम्रो आशंका छ ।’

हाइवेबाट ७ सय मिटर दुरीमा रहेका निजी जग्गा अधिग्रहण गर्नुको साटो नगरपालिकामै रहेका अन्य ऐलानी, पर्ती वा सार्वजनिक जग्गामा फन पार्क बनाउन उनीहरूले नगरपालिकालाई आग्रह गरेका छन् । खर्गाले भने ‘हामीले आफ्नो भविष्य हेरेर व्यावसायिक प्रयोजनका लागि किनेको जग्गामा नगरपालिकाले बलजफ्ती अधिग्रहण गर्न खोज्नु न्यायसंगत छैन । फन पार्क नै बनाउने हो भने नगरपालिकाकै सार्वजनिक जग्गामा बनाउने हो ।’

 साविक बहादुरगंज गाविस तथा हाल बर्दिबास नगरपालिका वडा नम्बर १४ मा पर्ने जग्गामा नगरपालिकाले नगर गौरवको आयोजना भन्दै अधिग्रहणका लागि सुरुमा २०८० असोज १७ गते सूचना प्रकाशन गरेको थियो ।

गत पुस ७ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीले मुआब्जा प्राप्तिका लागि ती जग्गाधनीको नाममा गोरखापत्रमा सूचना प्रकाशन गरेको छ ।नगरपालिकाले आफूहरूसँग छलफल नगरी निजी जग्गा हडप्ने मनसायका साथ सूचना प्रकाशित गरेको भन्दै पीडित जग्गाधनीहरूले पुस २३ गते गृह मन्त्रालयमा उजुरी दिएका छन् ।  

विविध कारणले जग्गा उपलब्ध गराउन नसकिने भन्दै जग्गा प्राप्ति ऐन, २०३४ बमोजिमको प्रक्रिया रद्द गर्न मागसहित जग्गाधनीहरूले गृह मन्त्रालयमा निवेदन दिएका हुन् ।

गृह मन्त्रालयमा जग्गा धनीहरूले दिएको निवेदनमा लेखिएको छ ‘रोजगार व्यवसायको आम्दानी, कृषि आम्दानी आदिबाट मेरो घरपरिवार र सन्ततिको उज्ज्वल भविष्यका लागि उक्त व्यापारिक जग्गा खरिद गरिएको हो ।’

बर्दिबास नगरपालिका क्षेत्रमा ६ सय ५० बिघाभन्दा बढी जग्गा सरकारी ऐलानी-पर्ती रहेकाले ती सरकारी ऐलानी, पर्ती जग्गाहरू फन पार्कका लागि सम्पूर्ण दृष्टिकोणले उपयुक्त रहेको निवेदनमा उल्लेख गरिएको छ ।

अधिग्रहण गर्ने नै हो भने चलनचल्तीको २० लाख रुपैयाँ प्रतिधुर मुआब्जा दिइनुपर्ने, नभए सोही जग्गाको उत्तरपट्टि रहेको जग्गामा सट्टापट्टा गर्नुपर्ने माग जग्गाधनीहरूको छ ।

यता बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले भने वरपर नगरपालिकाको जग्गा भएकाले उक्त जग्गा अधिग्रहण गर्न लागिएको बताए ।

उनले त्यहाँ कुनै पूर्वाग्रह नरहेको भन्दै मेयर क्षेत्रीले भने ‘वरपर नगरपालिकाको जग्गा छ । केही बिघा मात्र निजी नम्बरी जग्गा भएका कारण त्यहाँ नै अधिग्रहण गर्न लागिएको हो ।’  क्षेत्रीले थपे, ’त्यो निजी जग्गा पनि खाल्डो हो । एक वर्षअघि नै हामीले जग्गाधनीहरूलाई त्यो खाल्डो पुर्नुप¥यो भनेका थियौं, तर अहिलेसम्म पनि खाल्डो पुर्नुभएको छैन ।’

२० लाख रुपैयाँ प्रतिधुर होइन, जिल्लाको दररेटका आधारमा मुआब्जा दिइने उनले बताए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ०६ बजे

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक

सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति, स्वेच्छाचारी भएको आरोप

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर

एमाले केन्द्रीय समिति बैठक असारमा बस्ने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असारमा मात्रै बस्ने

आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली

काठमाडौं – नेकपा एमालेको चार दिन लामो सचिवालय बैठक आज