डेब्यू निर्देशक जुनिमको फिल्म ‘ताण्डवम्’ फागुन ९ मा प्रदर्शन हुने « Khabarhub

डेब्यू निर्देशक जुनिमको फिल्म ‘ताण्डवम्’ फागुन ९ मा प्रदर्शन हुने


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू निर्देशक जुनिम गहतराजको फिल्म ‘ताण्डवम्’को पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति घोषणा गरिएको छ ।

निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति फागुन ९ गतेलाई तय गरिएको जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा कलाकार पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे, र जुनिम गहतराज फिचर्ड छन् । यी सबै फिल्मका मुख्य कालकार रहेको निर्माण पक्षले जनाएको छ ।

पोस्टरमा फुटेको काँचको आकारमा कलाकारको तस्बिर राखिएको छ । पोस्टरमा केही कलाकार क्रोधित, केही रक्ताम्य र एक जोडी रोमान्टिक भावमा प्रस्तुत छन् ।

निर्माण पक्षका अनुसार यो फिल्मको कथा पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा एक नवदम्पतीको जीवनमा घट्ने अकल्पनीय घटनामा आधारित छ । एक्सन थ्रिलर जनरामा फिल्म निर्माण भएको निर्माण पक्षको दाबी छ ।

सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् । निर्माता भने धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ५२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको