डेब्यू निर्देशक जुनिमको फिल्म ‘ताण्डवम्’ फागुन ९ मा प्रदर्शन हुने « Khabarhub

डेब्यू निर्देशक जुनिमको फिल्म ‘ताण्डवम्’ फागुन ९ मा प्रदर्शन हुने


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू निर्देशक जुनिम गहतराजको फिल्म ‘ताण्डवम्’को पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति घोषणा गरिएको छ ।

निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मिति फागुन ९ गतेलाई तय गरिएको जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा कलाकार पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे, र जुनिम गहतराज फिचर्ड छन् । यी सबै फिल्मका मुख्य कालकार रहेको निर्माण पक्षले जनाएको छ ।

पोस्टरमा फुटेको काँचको आकारमा कलाकारको तस्बिर राखिएको छ । पोस्टरमा केही कलाकार क्रोधित, केही रक्ताम्य र एक जोडी रोमान्टिक भावमा प्रस्तुत छन् ।

निर्माण पक्षका अनुसार यो फिल्मको कथा पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा एक नवदम्पतीको जीवनमा घट्ने अकल्पनीय घटनामा आधारित छ । एक्सन थ्रिलर जनरामा फिल्म निर्माण भएको निर्माण पक्षको दाबी छ ।

सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् । निर्माता भने धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ५२ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक