दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति रास्वपाको ध्यानाकर्षण « Khabarhub

दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति रास्वपाको ध्यानाकर्षण


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति अनुशासन विभागको ध्यानाकर्षण भएको जनाएको छ । 

सहकारी पीडितहरूका तर्फबाट बहस गरेर बाहिरिने क्रममा अधिवक्ता त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले कुटपिट गरेपछि पार्टीले घटनाप्रति अनुशासन विभागको ध्यानाकर्षण भएको बताएको हो । 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ ।’ 

उनले यस किसिमको व्यवहार कानूनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि स्वीकार्य नभएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : २५ बजे

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले