ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार « Khabarhub

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको ठमेलबाट भारतीयहरूको समूहले एकजना चिनियाँ नागरिकलाई अपहरण गरेका छन् ।

मंगलबार दिउँसो साढे १ बजे ठमेलस्थित काठमाडौं स्क्वायर होटलबाट एकजना चिनियाँ नागरिकलाई ४ जना भारतीय नागरिकहरूले अपहरण गरेर मकवानपुर पुर्‍याएको खुलेको छ।

ती चिनियाँ नागरिकलाई एमएच १६ डीजी ४९०४ नम्बरको भारतीय सेतो रंगको गाडीमा अपहरण गरेर लगेको खुलेको हो ।

उक्त जानकारीलगत्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममा खबर आएपछि प्रहरी सक्रिय भएको थियो ।

उक्त जानकारीपछि अपहरणमा प्रयोग गरिएको कारलाई पछ्याउनेक्रममा इलाका प्रहरी कार्यालय भीमफेदीको पनि साथ लिएर ती चिनियाँ नागरिकलाई मुक्त गरिएको छ ।

प्रहरीले यस प्रकरणमा काठमाडौं ठमेलमा बस्ने गरेका चारैजना भारतीयलाई पक्राउ गरेको छ । जंगलतिर भागेका ती चिनियाँ नागरिकलाई उद्धार गरिएको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेश सतरा जिल्ला फल्टन थाना घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, त्यही स्थानका ४० वर्षीय अफसर युनुश शेख, महाराष्ट्र प्रदेशको अहमद नगर जिल्ला पाथरडी थाना घर भएका ३० वर्षीय अनमोल खरमाटे र महाराष्ट्र प्रदेशको अहमद नगर जिल्ला फथरडी थाना घर भएका ३२ वर्षीय अमोल भन्ने अंबादास जगन्नाथ सिरसात रहेका छन् ।

ती चिनियाँलाई मकवानपुरको भीमफेदी गाउँपालिका-६ बाट मुक्त गर्दै अपहरणमा संलग्न आशुतोष दत्तात्रय थोरातसहित ४ जनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा अघि बढाइएको छ ।

उनीहरू सबैलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताएका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ५९ बजे

पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले पेट्रोल पम्पमा भीड

काठमाडौं– पेट्रोलियम पदार्थ अभाव हुने हल्ला फैलिएकोबीच राजधानीमा इन्धन भर्न

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको