ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार | Khabarhub Khabarhub

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको ठमेलबाट भारतीयहरूको समूहले एकजना चिनियाँ नागरिकलाई अपहरण गरेका छन् ।

मंगलबार दिउँसो साढे १ बजे ठमेलस्थित काठमाडौं स्क्वायर होटलबाट एकजना चिनियाँ नागरिकलाई ४ जना भारतीय नागरिकहरूले अपहरण गरेर मकवानपुर पुर्‍याएको खुलेको छ।

ती चिनियाँ नागरिकलाई एमएच १६ डीजी ४९०४ नम्बरको भारतीय सेतो रंगको गाडीमा अपहरण गरेर लगेको खुलेको हो ।

उक्त जानकारीलगत्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममा खबर आएपछि प्रहरी सक्रिय भएको थियो ।

उक्त जानकारीपछि अपहरणमा प्रयोग गरिएको कारलाई पछ्याउनेक्रममा इलाका प्रहरी कार्यालय भीमफेदीको पनि साथ लिएर ती चिनियाँ नागरिकलाई मुक्त गरिएको छ ।

प्रहरीले यस प्रकरणमा काठमाडौं ठमेलमा बस्ने गरेका चारैजना भारतीयलाई पक्राउ गरेको छ । जंगलतिर भागेका ती चिनियाँ नागरिकलाई उद्धार गरिएको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेश सतरा जिल्ला फल्टन थाना घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, त्यही स्थानका ४० वर्षीय अफसर युनुश शेख, महाराष्ट्र प्रदेशको अहमद नगर जिल्ला पाथरडी थाना घर भएका ३० वर्षीय अनमोल खरमाटे र महाराष्ट्र प्रदेशको अहमद नगर जिल्ला फथरडी थाना घर भएका ३२ वर्षीय अमोल भन्ने अंबादास जगन्नाथ सिरसात रहेका छन् ।

ती चिनियाँलाई मकवानपुरको भीमफेदी गाउँपालिका-६ बाट मुक्त गर्दै अपहरणमा संलग्न आशुतोष दत्तात्रय थोरातसहित ४ जनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा अघि बढाइएको छ ।

उनीहरू सबैलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताएका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ५९ बजे

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण

एजेन्सी – भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ

उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दुई नयाँ

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलाली– कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको