साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ | Khabarhub Khabarhub

साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– साइकलको सिटमुनि राखेर भारतबाट लागुऔधष ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सुनसरीबाट एकजनालाई पक्राउ गरेको छ।

बुधबार दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ भन्सार गेटमा सशस्त्र प्रहरी बल बीओपी लौकहीबाट सहायक हवल्दार मनोजबाबु कार्कीको कमाण्डमा खटिएको चेकप्वाइन्ट टोलीले लागुऔषधसहित अनिश चौधरीलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको सुनसरीको रामधुनी नरपालिका-१ बस्ने २२ वर्षीय अनिश चौधरीलाई शंका लागी चेकजाँच गर्दा साइकलको सिटमुनि प्रतिबन्धि लागुऔषध बरामद भएको हो ।

ससश्त्र प्रहरीले उनको साथबाट प्रतिबन्धित लागुऔषध १.५४ ग्राम ब्राउन सुगर र नाइट्राजेपाम ८९ ट्याब्लेट फेला परेपछि उनलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लौकहीमा बुझाइएको छ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ०९ बजे

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक