बंगलादेशमा युनुस सरकार तानाशाही बनेको आरोप, हसिताका ११ समर्थकको हिरासतमा मृत्यु « Khabarhub

बंगलादेशमा युनुस सरकार तानाशाही बनेको आरोप, हसिताका ११ समर्थकको हिरासतमा मृत्यु


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका – बंगलादेशको गाजीपुर जेलमा रहेका शेख हसिनाको पार्टीसँग सम्बद्ध एक मजदुर नेताको रहस्यमय अवस्थामा मृत्यु भएको छ ।

यससँगै बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुस सत्तामा आएपछि अहिलेसम्म पूर्व प्रधानमन्त्री हसिनाको पार्टीका ११ जनाको प्रहरी हिरासत र जेलमा मृत्यु भइसकेको छ । साथै सो अघि प्रदर्शनका क्रममा १५० जनाको मृत्यु भएको सार्वजनिक गरिएको थियो ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना र उनको पार्टी अवामी लिगसँग सम्बद्ध व्यक्तिहरूको प्रहरी हिरासतमा मृत्यु हुने क्रम जारी रहेको मानव अधिकारवादी संघ संस्थाले जनाएका छन् ।

तर चाखलाग्दो कुरा के छ भने यी व्यक्तिलाई कुन अभियोगमा हिरासतमा राखिएको छ भन्ने कुरा सम्बन्धित स्थानीय प्रहरी चौकीसमेत अनभिज्ञ रहेका छन् ।

खासमा बंगलादेशको गाजीपुर जिल्ला जेलमा रहेका श्रमिक लिगका नेता शेख जहीरुल इस्लामको रहस्यमय अवस्थामा मृत्यु भए पछि यी कुरा सार्वजनिक हुन थालेका हुन् । जहिरुल इस्लाम श्रीपुर उप जिल्लाको माओना युनियनअन्तर्गत सिन्धिघी गाउँका बासिन्दा उनी श्रीपुर इकाईको महासचिवको जिम्मेवारीमा थिए ।

‘चाखलाग्दो कुरा के छ भने श्रीपुर पुलिस स्टेशन इन्चार्जलाई पनि थाहा छैन कि शेख जहीरुल इस्लामलाई कुन मुद्दामा जेलमा राखिएको थियो’ मृतकका एक आफान्तले भने । उनका अनुसार श्रमीक लिगका महासचिवका पीता मुजिबुर रहमान र भाइ पनि जेलमा नै कैदीको रूपमा रहेका छन् ।

गाजीपुर जेलका सुपरिटेन्डेन्टले भने कि डिसेम्बर ६ मा हत्याका आरोपीलाई अदालतमार्फत गाजीपुर जिल्ला जेल पठाइएको थियो तर गाजीपुर जिल्ला कारागारमा आइतबार अपरान्ह ४ः४० बजे उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु हुन पुगेको हो ।

यस विषयमा न त कुनै मानवअधिकार संगठनले चिन्ता उठाएको छ न युनुस सरकारले यस सम्बन्धमा कुनै वक्तव्य जारी गरेको छ । यसअघि बंगलादेशको एक मानवअधिकार संगठनले युनुस सरकार सत्तामा आएदेखि प्रदर्शनका क्रममा शेख हसिनाको पार्टीका करिब १५० जनाको ज्यान गएको बताएको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ४३ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ