बंगलादेशमा युनुस सरकार तानाशाही बनेको आरोप, हसिताका ११ समर्थकको हिरासतमा मृत्यु « Khabarhub

बंगलादेशमा युनुस सरकार तानाशाही बनेको आरोप, हसिताका ११ समर्थकको हिरासतमा मृत्यु


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका – बंगलादेशको गाजीपुर जेलमा रहेका शेख हसिनाको पार्टीसँग सम्बद्ध एक मजदुर नेताको रहस्यमय अवस्थामा मृत्यु भएको छ ।

यससँगै बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुस सत्तामा आएपछि अहिलेसम्म पूर्व प्रधानमन्त्री हसिनाको पार्टीका ११ जनाको प्रहरी हिरासत र जेलमा मृत्यु भइसकेको छ । साथै सो अघि प्रदर्शनका क्रममा १५० जनाको मृत्यु भएको सार्वजनिक गरिएको थियो ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना र उनको पार्टी अवामी लिगसँग सम्बद्ध व्यक्तिहरूको प्रहरी हिरासतमा मृत्यु हुने क्रम जारी रहेको मानव अधिकारवादी संघ संस्थाले जनाएका छन् ।

तर चाखलाग्दो कुरा के छ भने यी व्यक्तिलाई कुन अभियोगमा हिरासतमा राखिएको छ भन्ने कुरा सम्बन्धित स्थानीय प्रहरी चौकीसमेत अनभिज्ञ रहेका छन् ।

खासमा बंगलादेशको गाजीपुर जिल्ला जेलमा रहेका श्रमिक लिगका नेता शेख जहीरुल इस्लामको रहस्यमय अवस्थामा मृत्यु भए पछि यी कुरा सार्वजनिक हुन थालेका हुन् । जहिरुल इस्लाम श्रीपुर उप जिल्लाको माओना युनियनअन्तर्गत सिन्धिघी गाउँका बासिन्दा उनी श्रीपुर इकाईको महासचिवको जिम्मेवारीमा थिए ।

‘चाखलाग्दो कुरा के छ भने श्रीपुर पुलिस स्टेशन इन्चार्जलाई पनि थाहा छैन कि शेख जहीरुल इस्लामलाई कुन मुद्दामा जेलमा राखिएको थियो’ मृतकका एक आफान्तले भने । उनका अनुसार श्रमीक लिगका महासचिवका पीता मुजिबुर रहमान र भाइ पनि जेलमा नै कैदीको रूपमा रहेका छन् ।

गाजीपुर जेलका सुपरिटेन्डेन्टले भने कि डिसेम्बर ६ मा हत्याका आरोपीलाई अदालतमार्फत गाजीपुर जिल्ला जेल पठाइएको थियो तर गाजीपुर जिल्ला कारागारमा आइतबार अपरान्ह ४ः४० बजे उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु हुन पुगेको हो ।

यस विषयमा न त कुनै मानवअधिकार संगठनले चिन्ता उठाएको छ न युनुस सरकारले यस सम्बन्धमा कुनै वक्तव्य जारी गरेको छ । यसअघि बंगलादेशको एक मानवअधिकार संगठनले युनुस सरकार सत्तामा आएदेखि प्रदर्शनका क्रममा शेख हसिनाको पार्टीका करिब १५० जनाको ज्यान गएको बताएको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ४३ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा