पाकिस्तानलाई घरेलु मैदानमा हराउँदै न्युजिल्यान्डले जित्यो उपाधि « Khabarhub

पाकिस्तानलाई घरेलु मैदानमा हराउँदै न्युजिल्यान्डले जित्यो उपाधि


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

कराँची – न्युजिल्यान्डले पाकिस्तानमा भएको त्रिदेशीय शृङ्खला उचालेको छ। न्युजिल्यान्डले शुक्रबार कराँचीमा भएको दिवा रात्रि फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएको हो।

पाकिस्तानले दिएको २४३ रनको लक्ष्य न्युजिल्यान्डले ४५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो। न्युजिल्यान्डका लागि डारियल मिचेलले ५७ तथा टम लाथमले ५६ रनको योगदान गरे। डेभिड कोन्वे ४८ तथा केन विलिम्सन ३४ रन जोडे। पाकिस्तानमा नसिक शाहले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २४२ रन बनाएको थियो।

पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ तथा सलमान आगाले ४५ रन जोडे। न्युजिल्यान्डका विल राउरकेले ९.३ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए हात पारे।

मिडिल ओभरमा कसिलो बलिङ गरेको माइकल १० ओभरमा २० रन खर्चेर २ विकेट लिए। यसैगरी माइकल ब्रेसवेलले पनि १९ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। राउरके खेलका म्यान अफ द म्याच भए पनि आगा म्यान अफ द सिरिज बन्न सफल भए।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ५ : ४९ बजे

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र