सार्कस्तरीय ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन’ सुरु « Khabarhub

सार्कस्तरीय ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन’ सुरु


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

झापा– दक्षिण एसियाली सात देशका ३५० जना क्यान्सर विशेषज्ञको सहभागितामा शुक्रवार ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन– २०२५’ सुरु भएको छ ।

बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा आयोजित तीन दिवसीय सम्मेलनको उद्घाटनकाे अवसरमा सार्क फेडेरेसन अफ अङ्कोलोजिष्ट नेपालका संस्थापक अध्यक्ष प्रा डा मदनकुमार पियाले नङ र रौँबाहेक मानवशरीरका सबै अङ्गमा क्यान्सर सङ्क्रमण हुनसक्ने भएकाले यसको उपचार एवम् रोकथाममा नयाँ प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिको महत्त्वपूर्ण भूमिका रहने बताए ।

क्यान्सर उपचारमा नयाँ ज्ञान र प्रविधिको हस्तान्तरण गर्न यस्ता सम्मेलनबाट योगदान पुग्ने उनको भनाइ छ । उनले क्यान्सर ‘जित्न सकिने रोग’ हो भनेर जनतामा व्यापक प्रचार गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

सम्मेलनका अध्यक्ष एवम् बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्रा डा उमेश शर्माले क्यान्सर रोगको विस्तार आजको विश्वको प्रमुख स्वास्थ्य चुनौति बनिरहेको उल्लेख गर्दै उपचारलाई अझ राम्रो बनाउन सम्मेलनबाट मदत पुग्ने धारणा व्यक्त गरे ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा सम्मेलनका संयोजक डा. वीरेन्द्र यादवले अस्पतालले हरेक दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरिरहेको जानकारी दिए ।

सम्मेलनमा क्यान्सर उपचारमा संलग्न एक सय जना विशेषज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गर्नेछन् भने क्यान्सर जितेका मानिसको उपचार अनुभव साटासाट गरिने सम्मेलनका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

दुई वर्षअघि पूर्वाञ्चल क्यान्सर अस्पतालले यस्तै सम्मेलन झापामा पहिलोपटक आयोजना गरेको थियो । दोस्रोपटक आयोजित सम्मेलनमा सहभागिता र छलफलका विषय विस्तार भएको उनको भनाइ छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार स्तन र फोक्सो क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनी बढिरहेको छ ।

बिगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका ८१४ जना र फोक्सो क्यान्सरका ८०५ जनाको उपचार भएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । पाठेघरको क्यान्सर र नाक कान घाँटीको क्यान्सरका बिरामीको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : ०४ बजे

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी