शिल्पाको शब्द र ज्ञानेशको आवाजमा ‘बितेका कुरा’ सार्वजनिक « Khabarhub

शिल्पाको शब्द र ज्ञानेशको आवाजमा ‘बितेका कुरा’ सार्वजनिक


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक ज्ञानेश कुमार कर्णकाे स्वरमा ‘बितेका कुरा’ बोलको गीत सार्वजनिक भएको छ ।

भ्यालेन्टाइन डेको अवसरमा शुक्रबार साँझ उनकै युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा पत्रकार शिल्पा कर्ण (वैदेही) का शब्द रहेका छन् भने आवाज, सङ्गीत रचना र लय ज्ञानेशको रहेको छ । सङ्गीत व्यवस्थापन भने राजु शाहले गरेका छन् । भिडियो छायाङ्कन, निर्देशन र सम्पादन रणधीर श्रेष्ठले गरेका हुन् ।

यस म्युजिक भिडियोको मुख्य भूमिकामा अशोक आर्यन यादव र शुभेच्छा पौडेल छन् । लामो समयपछि अचानक भेटिएका पूर्वप्रेमीको कथा भिडियोमा देखाइएको छ । कथा तथा स्क्रिप्ट वैदेहीले तयार गरेकी हुन् ।

यसअघि ज्ञानेशकै आवाजमा हामी नेपाली, म अनि तिमीजस्ता गीत उनकै युट्युब च्यानलमा सार्वजनिक भइसकेका छन् । मुख्य रुपमा सूचना प्रविधि क्षेत्रमा कार्यरत ज्ञानेश, सङ्गीत रुचिको विषय भएको बताउँछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : ३६ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य