शिल्पाको शब्द र ज्ञानेशको आवाजमा ‘बितेका कुरा’ सार्वजनिक « Khabarhub

शिल्पाको शब्द र ज्ञानेशको आवाजमा ‘बितेका कुरा’ सार्वजनिक


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक ज्ञानेश कुमार कर्णकाे स्वरमा ‘बितेका कुरा’ बोलको गीत सार्वजनिक भएको छ ।

भ्यालेन्टाइन डेको अवसरमा शुक्रबार साँझ उनकै युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा पत्रकार शिल्पा कर्ण (वैदेही) का शब्द रहेका छन् भने आवाज, सङ्गीत रचना र लय ज्ञानेशको रहेको छ । सङ्गीत व्यवस्थापन भने राजु शाहले गरेका छन् । भिडियो छायाङ्कन, निर्देशन र सम्पादन रणधीर श्रेष्ठले गरेका हुन् ।

यस म्युजिक भिडियोको मुख्य भूमिकामा अशोक आर्यन यादव र शुभेच्छा पौडेल छन् । लामो समयपछि अचानक भेटिएका पूर्वप्रेमीको कथा भिडियोमा देखाइएको छ । कथा तथा स्क्रिप्ट वैदेहीले तयार गरेकी हुन् ।

यसअघि ज्ञानेशकै आवाजमा हामी नेपाली, म अनि तिमीजस्ता गीत उनकै युट्युब च्यानलमा सार्वजनिक भइसकेका छन् । मुख्य रुपमा सूचना प्रविधि क्षेत्रमा कार्यरत ज्ञानेश, सङ्गीत रुचिको विषय भएको बताउँछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : ३६ बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको