सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरु « Khabarhub

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरु


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– चैत महिना लागेसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरु भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्रचलित छ ।

आजदेखि चेलीबेटीलाई भेट्ने दिन सुरु हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।

पाटन नगपालिका–१० का जानकी भट्टका अनुसार अहिले भिटौला पर्वको महत्त्व झन बढ्दै गएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्त्वजस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको छ ।

परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ । भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरी–बहिनीको घरमा पुर्‍याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको आलिताल गाउँपालिका–८ का जोगराज भट्ट बताए ।

पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको संस्कृतका जानकार मुरलीधर अवस्थी बताउँछन् ।

भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ ।

पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ ।

चैतमा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्त्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभर एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ ।

यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने विश्वास रहिआएको छ । 

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ९ : ३३ बजे

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई