दुनाटपरीले प्लाष्टिकजन्य वस्तुलाई विस्थापित गर्दै « Khabarhub

दुनाटपरीले प्लाष्टिकजन्य वस्तुलाई विस्थापित गर्दै


१ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुनाटपरी उत्पादन सुरु गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुनाटपरी उत्पादन गर्न सुरु गरेका हुन् ।

प्लाष्टिकजन्य वस्तुले सहरबजार मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथै वातावरणमा प्रतिकूल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न सालको पातबाट दुनाटपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले उद्योग स्थापना गरेको सञ्चालक राईले बताए । मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा पाँच र टपरीको प्रतिगोटा आठ रुपैयाँ रहेको छ ।

निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसरसमेत दिलाउने उद्देश्यले दुनाटपरी उद्योग स्थापना गरिएको सञ्चालक राईले बताए । ‘सालको पातबाट बनाइने दुनाटपरीका कारण सालको पातसमेत सदुपयोग भएको छ । जङ्गलबाट टिपेर ल्याएको सालको पातलाई प्रतिमुठा ३५ देखि ६० रुपैयाँ सम्ममा खरिद गर्दै आएको छु’, उनले भने, ‘बिना प्रयोग जङ्गलमा खेर गइरहेका सालका पातलाई उपयोग गर्ने काम सुरु भएको छ । दुनाटपरी गाँस्नेलाई प्रतिगोटा एक रुपैयाँका दरले दिने गरेको छु । यसले निम्न आर्थिक अवस्थाका स्थानीयलाई रोजगारीको अवसरसमेत दिलाएको छ ।’

गाउँमा हुने हरेक बिहे, भोजभतेर तथा पूजापाठमा दुनाटपरी प्रयोग एवं त्यसमा राखेर खाने परम्परा लोप हुन लागेकाले पनि व्यावसायिकरूपमा दुनाटपरी बनाउन सुरु गरिएको सञ्चालक राईले बताए ।

बाम्राङमा उत्पादित दुनाटपरी गाउँमा हुने पूजापाठ, विवाह तथा व्रतबन्धका साथै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको जनाइएको छ । बाम्राङमा दुनाटपरी उद्योग सञ्चालन भएपछि उपभोक्तालाई समेत सहज भएको छ ।

उता, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा दुनाटपरी उद्योग सञ्चालन गरेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गर्दै नगरपालिकाले दुनाटपरी उद्योग सञ्चालन गरेको हो ।

च्यास्मिटार कृषि महिला सहकारी संस्थामार्फत सञ्चालित उद्योगमा उत्पादित दुना प्रतिगोटा पाँच र टपरी प्रतिगोटा दशमा रुपैयाँमा बिक्री सुरु गरिएको छ ।

सहकारी संस्थामा आबद्ध महिलालाई सात दिनको तालिम दिएर दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको नगर प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले अर्खौलेमा पनि दुनाटपरी उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दर्शन तथा पूजापाठ गर्न आउने भक्तजनलाई अनिवार्य स्थानीयस्तरमा उत्पादित दुनाटपरी मात्र प्रयोग गर्ने/गराउने तयारी गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए । 

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ७ : ५९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका