आज तरकारी र फलफूलको थोक मूल्य यस्तो छ « Khabarhub

आज तरकारी र फलफूलको थोक मूल्य यस्तो छ


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

निर्धारित मूल्य अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी २५, गोलभेँडा ठूलो (भारतीय) ५०, गोलभेँडा सानो (तराई) २२, आलु रातो ३५, आलु रातो (भारतीय) ३५, प्याज सुकेको (भारतीय) ५८, गाजर (लोकल) ४०, गाजर (तराई) २५, बन्दा (लोकल) १२, बन्दा (नरिवल) प्रतिकिलो १५, काउली (स्थानीय) २०, स्थानीय काउली (ज्यापु) २०, मूला रातो ४०, मूला सेतो (लोकल) २०, सेतो मूला (हाइब्रिड) २५, भन्टा लाम्चो ५० तथा भन्टा डल्लो ६० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, मटरकोसा ५०, घिउ सिमी (लोकल) प्रतिकिलो ३०, घिउ सिमी (हाइब्रिड) ३०, घिउ सिमी (राजमा) ९०, टाटे सिमी ७०, तिते करेला १००, लौका ५०, परबर (लोकल) १२०, परबर (तराई) १६०, घिरौला ७०, झिगुनी ७०, फर्सी पाकेको ८०, फर्सी हरियो (लाम्चो) १५, हरियो फर्सी (डल्लो) १५ तथा भिण्डी प्रतिकेजी १२० रुपैयाँ तोकिएको छ ।

यसैगरी, सखरखण्ड ७०, बरेला ४०, पिँडालु १००, स्कूस ४०, रायो साग प्रतिकेजी ४०, पालुङ्गो साग ६०, चमसुरको साग ८०, तोरीको साग ४०, मेथीको साग ६०, प्याज हरियो ३०, बकुला ५०, तरूल ९०, च्याउ (कन्य) ११०, च्याउ (डल्ले) २८० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ४० रुपैयाँ, चुकुन्दर ६०, सजीवन १५०, कोइरालो ३००, रातो बन्दा ५०, जिरीको साग ५०, सेलरी १५०, सौफको साग ८०, पार्सले ३००, पुदिना ३००, गान्टे मूला ६०, इमली १६०, तामा १००, तोफु १२० र गुन्द्रुक प्रतिकेजी ३५० रुपैयाँ रहेको छ ।

समितिका अनुसार स्याउ (झोले) प्रतिकेजी २५०, स्याउ (फूजी) ३५०, केरा (दर्जन) १५०, कागती २५०, अनार ३५०, अङ्गुर (हरियो) २००, अङ्गुर (कालो) २५०, सुन्तला (भारतीय) १२०, मौसम २००, जुनार १५०, काँक्रो (लोकल) ६०, काँक्रो (हाइब्रिड) ३०, निबुवा ६०, नासपाती (चाइनिज) २५०, मेवा (नेपाली) ५०, मेवा (भारतीय) ११०, लप्सी १००, खरबुजा ४५, स्ट्रबेरी २००, किबी ४००, अमला १२० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : ४६ बजे

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’