शनिबार कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शनिबार कुन विदेशी मुद्राको विनिमय दर कति ?


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ९० पैसा र बिक्रीदर १३९ रुपियाँ ५० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५१ रुपियाँ ३८ पैसा र बिक्रीदर १५२ रुपियाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपियाँ ७५ पैसा र बिक्रीदर १८० रुपियाँ ५३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ०२ पैसा र बिक्रीदर १५७ रुपियाँ ७० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ६२ पैसा र बिक्रीदर ८८ रुपियाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ २५ पैसा र बिक्रीदर ९६ रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ १० पैसा र बिक्रीदर १०४ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ११ पैसा र बिक्रीदर ३८ रुपियाँ २७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७ रुपियाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २४ पैसा र बिक्रीदर ३१ रुपियाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७२ पैसा र बिक्रीदर १३ रुपियाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ २९ पैसा र बिक्रीदर २० रुपियाँ ३८ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८७ पैसा र बिक्रीदर १७ रुपियाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ ८६ पैसा र बिक्रीदर ४५२ रुपियाँ ८० पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७० रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ ७७ पैसा र बिक्रीदर ३६२ रुपियाँ ३३ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ५ : ४४ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका