सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भूभागमा हिमपात « Khabarhub

सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भूभागमा हिमपात


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : २२ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर