‘रुससँगको वार्ताले युद्ध अन्त्यको सम्भावना बढायो’ « Khabarhub

‘रुससँगको वार्ताले युद्ध अन्त्यको सम्भावना बढायो’

वार्ता सकारात्मक र उत्साहप्रद भएको ट्रम्पको भनाइ


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको वार्ता राम्रो र उपलब्धिमूलक भएको बताएका छन्। पुटिन र अमेरिकी दूत स्टिम विटकोभको बीचमा भएको वार्तापछि ट्रम्पको यो प्रतिक्रिया आएको हो।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले डरलाग्दो र रक्तपातपूर्ण युद्धको अन्यको सम्भावनाको कुरा भएको बताए। यस बिचमा युक्रेनी राष्ट्रपति भोलोडोमिर जलेन्स्कीले रुसी राष्ट्रपति युद्ध चाहेकाले वार्ताबाट भाग्न चाहेको बताए। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युद्ध विरामको प्रक्रियामा रुसले कुनै खेल खेल्न नहुने बताए।

यस अघि नै साताको सुरुवातमा युक्रेनले अमेरिकाले राखेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरी सकेको छ। रुसले भने स्वीकार गर्न बाँकी छ।

पुटिनले आफू वार्ताका लागि सकारात्मक भए पनि केही अप्ठेरो अवस्था रहेको बताए। जेलेन्स्कीले भने बारम्बार पुटिनले स्थितिमा अप्ठेरो शर्त राख्दै वार्ताबाट भाग्न चाहेको आरोप लगाइरहेका छन्।

स्टेइमरले पनि रुसी राष्ट्रपति वार्तामा गम्भीर नभएको आरोप लगाएका छन्। गएको शनिबार स्टेइमरले २५ भन्दा बढी देशका नेतासँग भिडियो कल गर्दै लन्डन सम्मेलनले तय गरे जस्तै शान्ति प्रक्रियामा लागि सबैले चासो दिनु पर्नेमा जोड दिएका थिए।

रुस टेबलमा आए आफूहरू युद्ध विराममा मनिटरिङ गर्न तयार रहेको उनले बताए। उनले पुटिनले युद्ध मैदान र रक्तपात नै चाहेकाले उनलाई मनाउन ट्रम्प सफल हुनेमा आशा व्यक्त गरे।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : २८ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो