महोत्तरीका सात स्थानीय तहमा आज होली मनाइँदै « Khabarhub

महोत्तरीका सात स्थानीय तहमा आज होली मनाइँदै


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीय तहमा आज धुमधामसाथ होली मनाउने तयारी छ ।

मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन् । त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेशका धेरैजसोले होली पर्व मनाउने गर्छन् ।

यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज होली खेल्ने स्थान पनि छन् । ती हुन् जिल्लाका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहित सात स्थानीय तहका गाउँ तथा नगरक्षेत्र । खासमा १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीले यात्राको १६औँ दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेको भोलिपल्ट होली मनाउने चलन छ । शुक्रबार अन्तर्गृह  परिक्रमा गरिएपछि यी बस्तीमा आज होली मनाउने गरिएको हो । यो मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीभित्रको पुरानो परम्परा हो ।

फरकफरक परम्परागत मान्यताले होली मनाइने दिन फरक परे पनि यहाँ तीनै दिनको होलीमा सबैजसो सरिक हुँदै आएका छन् । यो उल्लासमय रमाइलो पर्व हुनुका साथै आपसी घुलमिलको परिणाम भएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ७ : ०३ बजे

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत बुधबार राति भएको

दिपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध

काठमाडौं – नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दिपेन्द्रसिंह ऐरीले पाकिस्तान

निर्वाचन २१ दिन बाँकीः यी हुन् नागरिक शिक्षा प्रवर्द्धनका स्रोत सामग्री

काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन