कार्नीले सम्हाले क्यानडाको सत्ता « Khabarhub

कार्नीले सम्हाले क्यानडाको सत्ता


१ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

क्यानडा – अर्थशास्त्री मार्क कार्नीले क्यानडामा नयाँ प्रधानमन्त्रीको रूपमा सत्ता सम्हालेका छन् । शुक्रबारबाट शासन सुरु गरेका उनले कहिल्यै पनि क्यानडा अमेरिकाको अङ्ग नहुने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग क्यानडाको व्यापार युद्ध सुरु भएको अवस्थामा उनी लिबरल पार्टीको नेताको रूपमा सत्ता सम्हाल्न पुगेका हुन् ।

लिबरल पार्टीको निर्वाचनमा सफलता पाएपछि उनले ९ वर्षदेखि सत्ता चलाएका जस्टिन ट्रेडेउलाई विस्थापित गरेका हुन् । उनले अमेरिका र क्यानडा भिन्न देश भएकाले त्यो एउटै हुने कुनै सम्भावना नरहेको बताए ।

उनले अक्टोबर महिनामा हुने क्यानडामा आम निर्वाचन मार्फत बलियो म्यान्डेटको प्रतीक्षामा रहेको बताए । उनले पहिलो निर्णयको रूपमा विपक्षीले सबै भन्दा बढी आक्रमण गरेको विषयलाई सम्बोधन गरे । ट्रेडेउले वातावरणलाई ध्यानमा राख्दै ‘कन्जुमर कार्बन प्राइसिङ’ कार्यक्रम ल्याएका थिए । यसले मुद्रास्फीति बढाएको भन्दै त्यो कार्यक्रम अलोकप्रिय भएको थियो ।

अबको संसदीय निर्वाचनमा भने कार्नीको मुख्य प्रतिद्वन्द्वी कन्जरभेटिभ नेता पियरे पोलिभ्रे हुने छन् । यो करको घोषणा भन्दा अघि कन्जरभेटिभ पार्टी सर्वेक्षणमा २० प्रतिशतले अघि थियो । अहिले नजिकिएका छन् ।

पोलिभ्रले लिबरल पार्टी चौथो कार्यकालका लागि हकदार नभएको बताए । उनले आफू निर्वाचित भए सिधै अमेरिकी राष्ट्रपति ट्रम्पको मुकाबिला गर्ने बताउँछन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ८ : १४ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका