सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग « Khabarhub

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले बझाङको सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत हिक्मत बहादुर स्याडालाई पदमुक्त गर्न माग गरेका छन् ।

क्याम्पसमा लगाइएको ताला खोल्ने वातावरण निर्माण नगरी निर्वाचन अधिकृत स्याडा अराजक ढङ्गबाट एकलौटी तरिकाले अगाडि बढेको दाबी गर्दै नेविसंघ र अखिल समाजवादीले राजीनामा माग गरेका हुन् ।

दुवै संगठनले यसअघि फागुन २९ मा निर्वाचन अधिकृत स्याडाले त्रिविको निर्देशिका बमोजिम निर्वाचन प्रक्रिया अघि नबढाएको भन्दै क्याम्पसमा तालाबन्दी गरेका थिए ।

स्याडाले नेविसंघ र अखिल समाजवादीले लगाएको तालाबन्दी खुलाएर निर्वाचन प्रक्रिया अघि बढाउन छलफल नै नगरेको भन्दै दुवै सङ्गठनले विज्ञप्ति जारी गरेर उनलाई पदमुक्त गर्नुपर्ने माग अघि सारेका हुन् ।

‘हिक्मतबहादुर स्याडालाई निर्वाचन अधिकृतबाट हटाएर त्रिविको निर्देशिका बमोजिम निर्वाचन प्रक्रिया अगाडि बढाउनका साथै निज हिक्मतबहादुर स्याडा क्याम्पसको आंशिक शिक्षक र राजनीतिक आडमा निर्वाचन अधिकृत भएको कुरा प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  १२ : ०६ बजे

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा