वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व संकलन « Khabarhub

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व संकलन


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 
वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो । 

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ । चालु आव  बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ । 

वीरगञ्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड  कात्तिकमा रु ११ अर्ब १० करोड र मङ्सिरमा भने १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो ।

यसैगरी, पुसमा चालु आवको  सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : ३३ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी