विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा « Khabarhub

विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा


१ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्बाट हुने क्षति घटाउन, सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र सरोकार भएका निकायको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । 

प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको २३ नम्बर बाहिनीले आज  म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटा र वडा नं।–५ हाडेभिरमा आयोजना गरेको प्रदेशस्तरीय विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रममा उनले विपद्बाट हुने क्षति घटाउन आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता हो भने । 

‘भौगोलिक विविधतायुक्त गण्डकीमा बाढीपहिरो, डुबान, आगलागी, हिउँ पहिराको जोखिममा रहेका स्थानको पहिचान गरी विपद्को पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनका लागि सुरक्षा र सरोकार भएका निकायको क्षमता बढाउन प्रदेश सरकारले नेपाली सेनालगायत सङ्गठित सङ्घसंस्थाहरुसँगको सहकार्यमा जोड दिएका छौँ’, मुख्यमन्त्री पाण्डेले भने । 

नेपाली सेनाको पश्चिम पृतनाका प्रमुख मधुकरसिंह कार्कीले विपद् व्यवस्थापनमा परिचालन हुने सुरक्षाकर्मीको क्षमता विकासका साथै समुदायस्तरमा चेतना अभिवृद्धिका लागि नमूना अभ्यास गरिएको बताए। 

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको नमूना अभ्यास प्रदर्शनीको स्थानीयवासीले अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

 नेपाली सेनाको टोलीले विपद् प्रतिकार्यका १० वटा अभ्यास प्रस्तुत गरेको थियो । 
 

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ४ : ०१ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा