रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की « Khabarhub

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम गर्नुअघि सैन्य रूपमा ‘बलियो स्थिति’ हासिल गर्न चाहेको बताएका छन्।

यस हप्ताको सुरुमा संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविराममा रुस तुरुन्तै सहमत भएन किनकी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहलको बारेमा प्रश्न उठाएका छन्।

“उनीहरू युद्धविराम अघि बलियो स्थिति चाहन्छन्”, जेलेन्स्कीले किएभमा एक पत्रकार सम्मेलनमा भने, “मलाई लाग्छ प्रक्रियाको ढिलाइ मैले भनेको कुराकै कारणले हो । उनीहरू युद्धक्षेत्रमा आफ्नो स्थिति सुधार गर्न चाहन्छन् ।”

युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि रुसले मोर्चाका धेरै क्षेत्रमा गति लिएपछि युद्धविरामको प्रस्ताव आएको हो । मस्कोले रुसको कुर्स्क क्षेत्रका भागहरूबाट युक्रेनी सेनालाई पनि हटाएको छ । त्यहाँ युक्रेनले गत गर्मीमा आश्चर्यजनक आक्रमण गरेको थियो ।

जेलेन्स्कीले युद्धविराममा सहमत नभएर पुटिन ट्रम्पको विरुद्ध पनि जाँदै गरेको भन्दै मस्कोमाथि युद्ध समाप्त नगर्ने तरिकाहरू खोज्ने प्रयास गरेको आरोप लगाए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबारे केही मैत्रीपूर्ण बयान दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  १० : ४२ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६