आज २०८२ साल वैशाख २ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख २ गते मंगलबारको राशिफल


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २ गते मंगलबार। वैशाख कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १५ तारिख। विश्व कला दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंका लागि आजको दिन राम्रो छ। उपचारमा भए औषधी नियमित गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन राम्रो छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिमा सक्रिय भए सरकारका प्रमुख निकायमा नियुक्तिको सम्भावना छ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ।

मिथुन : दिन राम्रो छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। एकल भन्दा सामूहिक लगानी र निर्णयबाट फाइदा हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने योग छ।

कर्कट : आजका लागि तपाईंको दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। सहकर्मीको साथ मिल्नेछ। मिहिनेतका साथ गरेको काम सफल बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ।

कन्या : आज धनलक्ष्मी योग परेको छ। सञ्चित धनको सदुपयोग गर्नुपर्ने दिन छ। एकल भन्दा समूहिक लगानीबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

तुला : विरोधी समूह सक्रिय भए पनि मिहिनेतको फल प्राप्त हुनेछ। अवरोध देखिए पनि कामलाई निरन्तरता दिएमा सफलता मिल्नेछ। लामो मिहिनेतपछि प्राप्त उपलब्धिले ठुलो खुशी मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। श्रम गरेको क्षेत्रबाट पारिश्रमिक प्राप्त हुनेछ। श्रमको मूल्यांकन उचित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा काम बन्ने योग छ।

धनु : दिन राम्रो छ। हरेक काममा निरन्तर प्रयासको खाँचो देखिन्छ। समस्या देखिए पनि कामलाई निरन्तरता दिनु उचित हुन्छ। सम्पत्तिको पछाडि लाग्नु भन्दा इज्जतको विषयमा गम्भीर बन्नुपर्ने दिन छ।

मकर : आजका लागि तपाईंको दिन सामान्य छ। हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने छ। बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा सामान्य उपलब्धि प्राप्त हुनेछ।

मीन : दिन सामान्य छ। आज सामान्य दैनिकीमा रमाउनुपर्ने बाध्यता छ। बोलीमा नम्रताको खाँचो देखिन्छ। आफन्त टाढा हुने जोखिम भएकाले बोल्दा विशेष ख्याल गर्नुपर्ने छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ०५ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय