आज २०८२ साल वैशाख २ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २ गते मंगलबारको राशिफल


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २ गते मंगलबार। वैशाख कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १५ तारिख। विश्व कला दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंका लागि आजको दिन राम्रो छ। उपचारमा भए औषधी नियमित गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन राम्रो छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिमा सक्रिय भए सरकारका प्रमुख निकायमा नियुक्तिको सम्भावना छ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ।

मिथुन : दिन राम्रो छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। एकल भन्दा सामूहिक लगानी र निर्णयबाट फाइदा हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने योग छ।

कर्कट : आजका लागि तपाईंको दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा भन्दा व्यापारमा फाइदा हुनेछ। परिवारसँगको व्यवहार सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। सहकर्मीको साथ मिल्नेछ। मिहिनेतका साथ गरेको काम सफल बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ।

कन्या : आज धनलक्ष्मी योग परेको छ। सञ्चित धनको सदुपयोग गर्नुपर्ने दिन छ। एकल भन्दा समूहिक लगानीबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

तुला : विरोधी समूह सक्रिय भए पनि मिहिनेतको फल प्राप्त हुनेछ। अवरोध देखिए पनि कामलाई निरन्तरता दिएमा सफलता मिल्नेछ। लामो मिहिनेतपछि प्राप्त उपलब्धिले ठुलो खुशी मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। श्रम गरेको क्षेत्रबाट पारिश्रमिक प्राप्त हुनेछ। श्रमको मूल्यांकन उचित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथमा काम बन्ने योग छ।

धनु : दिन राम्रो छ। हरेक काममा निरन्तर प्रयासको खाँचो देखिन्छ। समस्या देखिए पनि कामलाई निरन्तरता दिनु उचित हुन्छ। सम्पत्तिको पछाडि लाग्नु भन्दा इज्जतको विषयमा गम्भीर बन्नुपर्ने दिन छ।

मकर : आजका लागि तपाईंको दिन सामान्य छ। हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने छ। बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा सामान्य उपलब्धि प्राप्त हुनेछ।

मीन : दिन सामान्य छ। आज सामान्य दैनिकीमा रमाउनुपर्ने बाध्यता छ। बोलीमा नम्रताको खाँचो देखिन्छ। आफन्त टाढा हुने जोखिम भएकाले बोल्दा विशेष ख्याल गर्नुपर्ने छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ०५ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र