गल्तीले एल साल्भाडोर पुगेका अमेरिकीलाई फिर्ता नपठाउने « Khabarhub

गल्तीले एल साल्भाडोर पुगेका अमेरिकीलाई फिर्ता नपठाउने


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एल साल्भाडोरका राष्ट्रपति नायीब बुकेलेले अमेरिकाले भुल बस एल साल्भाडोरमा पठाएका त्यहाँका नागरिक किलमार अल्म्रेगो गार्सियालाई फिर्ता नपठाउने जनाएका छन् । बुकेलेले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेपछि सो कुरा जनाएका हुन्।

अमेरिकी सर्वोच्च अदालतले गत साता ट्रम्प प्रशासनलाई गार्सियालाई फिर्ता गर्न आदेश दिएको थियो। मेरिल्यान्डमा आफ्नो परिवारसँग बस्दै आएका उनलाई सुरक्षित साथ त्यहाँ रहन सन् २०१९ मा अदालतले अधिकार दिएको थियो।

ट्रम्प प्रशासनले उनलाई घरमा ल्याउन नसक्ने जनाइसकेको छ भने अमेरिकी महान्यायाधिवक्ता पाम बियोन्डीले एल साल्भाडोरले चाहेमा घरमा फिर्ता बोलाउन सकिने बताएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्प नयाँ सहमतिका लागि बुकेलेको प्रशंसा गरेका छन्। अहिले अमेरिकाले ग्याङ सदस्यलाई एल साल्भाडोरको जेलमा पठाउने गरेको छ। गार्सियाको कानुन व्यवसायीले भने ट्रम्पले फिर्ता पठाएको २३८ भेनेजुएला तथा २३ साल्भाडोरियन मध्य उनी चाहिँ ग्याङ सदस्य नभएको बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले आतङ्कवादी घोषित गरेको एमएस १३ र ट्रेन डे अरुजामा आबद्ध भएको आशंकाका आधारमा थप १० जनालाई एल साल्भाडोर पठाइएको विदेशमन्त्री मार्क रुबियोले बताएका छन्।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ३४ बजे

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने