गल्तीले एल साल्भाडोर पुगेका अमेरिकीलाई फिर्ता नपठाउने « Khabarhub

गल्तीले एल साल्भाडोर पुगेका अमेरिकीलाई फिर्ता नपठाउने


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एल साल्भाडोरका राष्ट्रपति नायीब बुकेलेले अमेरिकाले भुल बस एल साल्भाडोरमा पठाएका त्यहाँका नागरिक किलमार अल्म्रेगो गार्सियालाई फिर्ता नपठाउने जनाएका छन् । बुकेलेले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेपछि सो कुरा जनाएका हुन्।

अमेरिकी सर्वोच्च अदालतले गत साता ट्रम्प प्रशासनलाई गार्सियालाई फिर्ता गर्न आदेश दिएको थियो। मेरिल्यान्डमा आफ्नो परिवारसँग बस्दै आएका उनलाई सुरक्षित साथ त्यहाँ रहन सन् २०१९ मा अदालतले अधिकार दिएको थियो।

ट्रम्प प्रशासनले उनलाई घरमा ल्याउन नसक्ने जनाइसकेको छ भने अमेरिकी महान्यायाधिवक्ता पाम बियोन्डीले एल साल्भाडोरले चाहेमा घरमा फिर्ता बोलाउन सकिने बताएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्प नयाँ सहमतिका लागि बुकेलेको प्रशंसा गरेका छन्। अहिले अमेरिकाले ग्याङ सदस्यलाई एल साल्भाडोरको जेलमा पठाउने गरेको छ। गार्सियाको कानुन व्यवसायीले भने ट्रम्पले फिर्ता पठाएको २३८ भेनेजुएला तथा २३ साल्भाडोरियन मध्य उनी चाहिँ ग्याङ सदस्य नभएको बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले आतङ्कवादी घोषित गरेको एमएस १३ र ट्रेन डे अरुजामा आबद्ध भएको आशंकाका आधारमा थप १० जनालाई एल साल्भाडोर पठाइएको विदेशमन्त्री मार्क रुबियोले बताएका छन्।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ३४ बजे

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ