कालीकोटको लालु–लैफु सडक निर्माण अन्तिम चरणमा « Khabarhub

कालीकोटको लालु–लैफु सडक निर्माण अन्तिम चरणमा


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको लाल–लैफु सडक निर्माण अन्तिम चरणमा पुगेको छ । नरहरिनाथ गाउँपालिकाको लालुबाट पचालझरना गाउँपालिका नानीकोट हुँदै बाजुराको सिमानासम्म जोड्ने लालु–लैफु राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको हो ।

निर्माण व्यवसायीको ढिलासुस्ती, पर्याप्त बजेट अभाव हुँदा अछाम, कालीकोट, बाजुरा हुँदै मुगु र हुम्ला जोड्ने लक्ष्यका साथ निर्माण थालिएको राजमार्गले अन्तिम रूप लिएको रास्कोट नगरपालिका– ५ का स्थानीय जगतबहादुर शाहीले बताए ।

कालीकोटमा एक पालिकाबाट अर्को पालिका हिँडेर पुग्न एक दिन लाग्ने अवस्थामा लालु–लैफु सडकको रास्कोट–पचालझरना खण्डमा मोटर गुड्न थालेपछि दिनभरको समय सदुपयोग भई करिब डेढ घण्टामा झरेको उनले जानकारी दिए । ‘धेरै पहिलादेखि निर्माणसम्बन्धी बहस भइरहेको लालु–लैफु सडकले अहिले सार्थकता पाएको छ’, उनले भने, ‘अहिले सडकमा गाडी गुड्न थालेका छन् ।’

सङ्घ र प्रदेश सरकारको साझेदारीमा लालु–लैफु राजमार्गअन्तर्गत ४५ किलोमिटर खण्डमा निर्माण र नालासहित ग्राभेलको काम भइरहेको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख हरि शर्मा धितालले बताए । सोमध्ये रास्कोट– ५ बाट पचालझरना गाउँपालिका– ९ सम्मको करिब आठ किमीमा कडा चट्टानी भाग रहेको भन्दै केके एनएनएस जेभी सुर्खेतले निर्माणको जिम्मा लिएको उनले जानकारी दिए ।

‘विसं २०८० पुस गते ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएको निर्माण कम्पनीले अहिले करिब ९० प्रतिशत काम सम्पन्न गरिसकेको छ’, उनले भने, ‘बायोइञ्जिनियरिङको कामबाहेक अरु सबै काम अबको दुई महिनाभित्र पूरा हुने विश्वास लिएका छौँ । अहिले सुक्खा भएकाले वर्षायाममा बायोइञ्जिनियरिङको काम गर्नुपर्ने हुन्छ ।’

तीस महिनामा सक्ने काम १५ महिना नपुग्दै सम्पन्न हुने अवस्थामा पुगेको प्रमुख धितालले जानकारी दिए । उनका अनुसार अहिले उक्त खण्डमा द्रुत गतिमा ग्राभेलको काम भइरहेको छ । कूल २८ करोडको बजेटमा निर्माण हुने उक्त सडक २१ करोडमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष १४ करोड खर्च भएको छ भने चालु आवमा पाँच करोडबाट काम भइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : २४ बजे

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य