कक्षा १२ को परीक्षा र विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय « Khabarhub

कक्षा १२ को परीक्षा र विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी रहेको छ । 

यही चैत २० गतेदेखि आन्दोलन सुरु गरेका शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै माइतीघर–नयाँबानेश्वर क्षेत्रमा आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरे पनि शिक्षकहरूले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् ।

शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तर पुस्तिका परीक्षणको काम पनि सुरु हुन सकेको छैन ।

सोमबार साँझ बसेको महासङ्घको बैठकपछि जारी विज्ञप्तिमा माग पूरा नभएसम्म उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।

यस्तै महासङ्घले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा समेत केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन अपील गरेको छ ।

महासङ्घले विद्यालय शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनमा समर्थन र सहभागिताका लागि विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षसँग अनुरोध समेत गरेको छ । 

दुईपटकसम्म शिक्षा मन्त्रालयसँग वार्ता र संवादमा बस्दा पनि माग पूरा गराउन सरकार गम्भीर नदेखिएकाले आन्दोलनलाई थप चर्काउन बाध्य भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : १७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील