कक्षा १२ को परीक्षा र विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय | Khabarhub Khabarhub

कक्षा १२ को परीक्षा र विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी रहेको छ । 

यही चैत २० गतेदेखि आन्दोलन सुरु गरेका शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै माइतीघर–नयाँबानेश्वर क्षेत्रमा आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरे पनि शिक्षकहरूले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् ।

शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तर पुस्तिका परीक्षणको काम पनि सुरु हुन सकेको छैन ।

सोमबार साँझ बसेको महासङ्घको बैठकपछि जारी विज्ञप्तिमा माग पूरा नभएसम्म उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।

यस्तै महासङ्घले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा समेत केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन अपील गरेको छ ।

महासङ्घले विद्यालय शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनमा समर्थन र सहभागिताका लागि विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षसँग अनुरोध समेत गरेको छ । 

दुईपटकसम्म शिक्षा मन्त्रालयसँग वार्ता र संवादमा बस्दा पनि माग पूरा गराउन सरकार गम्भीर नदेखिएकाले आन्दोलनलाई थप चर्काउन बाध्य भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : १७ बजे

चोरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको आग्रह

गण्डकी- जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित

शपथपछि आन्दोलनका घाइते भेट्न अस्पतालमा कुलमान (तस्बिरहरू)

काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएपछि नवनियुक्त

हामी खाडलमा पर्‍यौं, अब दलहरु चुनावमा गइदिए हुन्थ्यो

काठमाडौं– भदौ २३/२४ गतेको जेन–जी पुस्ताको आन्दोलनले ओली सरकार ढालेर

खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

काठमाडौं–  ‘जेन-जी’ युवाहरूको प्रदर्शन र आगजनीका कारण बन्द रहेको खानेपानी

हुम्लाकाे सर्केगाड गाउँपालिकामा नेपाल टेलिकमको ‘ टूजी र फोरजी’ सञ्चालनमा आयो

काठमाडौं– नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका-१ मा टूजी