एनपी साउदले भने- सरकारले माग सम्बोधन गरेन, कांग्रेसले निर्णायक भूमिका खेलोस् | Khabarhub Khabarhub

एनपी साउदले भने- सरकारले माग सम्बोधन गरेन, कांग्रेसले निर्णायक भूमिका खेलोस्


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले सामुदायिक विद्यालयहरूका शिक्षकको समस्या समाधानका लागि पार्टीले निर्णायक भूमिका निर्वाह गर्न ढिलाइ गर्न नहुने बताएका छन् । 

सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएको दुई साता पुगिसक्दा पनि सरकारले माग सम्बोधन नगरेपछि उनले अब कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।  

‘सरकारले शिक्षक महासंघको आन्दोलन तत्काल समाधान नगरे नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न विलम्ब गर्नु हुँदैन,’ नेता साउदले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन् । 

शिक्षकको शान्तिपूर्ण प्रदर्शनलाई कमजोरीका रूपमा हेर्नु ठूलो भूल हुने भन्दै उनले आन्दोलन जति–जति लम्बिँदै जान्छ, त्यति–त्यति शैक्षिक क्षेत्रले ठूलो क्षति व्यहोर्नु पर्ने नेता साउदको भनाइ छ ।   

‘शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक सम्झौता गरेको विषयहरू सम्बोधन गरी समस्याको समाधान गरिनु पर्दछ,’ साउदको भनाइ छ, ‘हाम्रो पार्टीको तर्फबाट सरकारका सरोकारवाला निकायसँग माग सम्बोधन गर्न बारम्बार पहल भएता पनि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद छ ।’ 

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरिका शिक्षकहरू चैत्र २० गतेदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । १४ दिन बितिसक्दा पनि उक्त आन्दोलनको सम्बोधन गर्न तर्फ सरकार गम्भीर नहुनु आश्चर्यजनक रहेको साउदको भनाइ छ। 

शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै आम शैक्षिक हडताल घोषणा गरी एसईईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा बहिष्कारजस्ता कठोर कदम चाल्दा ठूलो क्षति हुने विषयलाई गम्भीरतापूर्वक लिएर अविलम्ब निकास दिनु सरकारको जिम्मेवारी भएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ५३ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र