एनपी साउदले भने- सरकारले माग सम्बोधन गरेन, कांग्रेसले निर्णायक भूमिका खेलोस् « Khabarhub

एनपी साउदले भने- सरकारले माग सम्बोधन गरेन, कांग्रेसले निर्णायक भूमिका खेलोस्


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले सामुदायिक विद्यालयहरूका शिक्षकको समस्या समाधानका लागि पार्टीले निर्णायक भूमिका निर्वाह गर्न ढिलाइ गर्न नहुने बताएका छन् । 

सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएको दुई साता पुगिसक्दा पनि सरकारले माग सम्बोधन नगरेपछि उनले अब कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।  

‘सरकारले शिक्षक महासंघको आन्दोलन तत्काल समाधान नगरे नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न विलम्ब गर्नु हुँदैन,’ नेता साउदले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन् । 

शिक्षकको शान्तिपूर्ण प्रदर्शनलाई कमजोरीका रूपमा हेर्नु ठूलो भूल हुने भन्दै उनले आन्दोलन जति–जति लम्बिँदै जान्छ, त्यति–त्यति शैक्षिक क्षेत्रले ठूलो क्षति व्यहोर्नु पर्ने नेता साउदको भनाइ छ ।   

‘शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक सम्झौता गरेको विषयहरू सम्बोधन गरी समस्याको समाधान गरिनु पर्दछ,’ साउदको भनाइ छ, ‘हाम्रो पार्टीको तर्फबाट सरकारका सरोकारवाला निकायसँग माग सम्बोधन गर्न बारम्बार पहल भएता पनि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद छ ।’ 

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरिका शिक्षकहरू चैत्र २० गतेदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । १४ दिन बितिसक्दा पनि उक्त आन्दोलनको सम्बोधन गर्न तर्फ सरकार गम्भीर नहुनु आश्चर्यजनक रहेको साउदको भनाइ छ। 

शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै आम शैक्षिक हडताल घोषणा गरी एसईईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा बहिष्कारजस्ता कठोर कदम चाल्दा ठूलो क्षति हुने विषयलाई गम्भीरतापूर्वक लिएर अविलम्ब निकास दिनु सरकारको जिम्मेवारी भएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ५३ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड