सिन्धुली अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु « Khabarhub

सिन्धुली अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीको सिन्धुली अस्पतालमा तीन दिने बृहत् निः शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।  

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजना र सिन्धुली अस्पतालका साथै हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशन अमेरिकाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा स्त्री रोग विशेषज्ञ सेवा, निःशुल्क भिडियो एक्स-रे, जनरल मेडिसिन सेवा, निःशुल्क ल्याबसम्बन्धी सेवा, आँखा जाँच तथा निःशुल्क चस्मा वितरण, दन्त रोग लगायतका सेवा प्रदान गरिरहेको आयोजकले जनाएको छ । 

हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी नारायण श्रेष्ठले तीन दिनसम्म अस्पताल परिसरमा निः शुल्क रूपमा स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।
 
सिन्धुली अस्पतालमा तीन दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएपछि अन्य ग्रामीण क्षेत्रमा पनि निरन्तर निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिने श्रेष्ठले बताए । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ३२ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा