पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी « Khabarhub

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ । करार सेवाबाट बर्खास्त गरेका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले मंगलबार महाशाखाको च्यानल गेटमा तालाबन्दी गरेका हुन् । महानगरले करारबाट निकाल्ने घोषणा गरेपछि स्वास्थ्यतर्फका कर्मचारी माघ २६ गतेदेखि आन्दोलित छन् ।

उनीहरूले प्रत्येक दिनजस्तो महानगरपालिका कार्यालय परिसरमा निरन्तर धर्ना दिँदै आएका छन् । करारमा सेवामा रहेका ५८ जना कर्मचारीलाई पोखरा महानगरपालिकाको नगरसभाले पुसदेखि हटाउने निर्णय गरेको थियो । 

महानगरको निर्णय विरुद्ध उनीहरू माघ १ गते सर्वोच्च अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

तर, पनि पोखरा महानगरपालिकाले हाजिर हुन नदिएको भन्दै करारमा काम गर्दै आएका कर्मचारी निरन्तर धर्ना दिएकोमा, मंगलबार तालाबन्दी गरेका हुन् ।

उनीहरूले महानगरले सर्वोच्च अदालतको अन्तरिम आदेश अवहेलना गरेको भन्दै रिटसमेत दर्ता गरेका छन् । सर्वोच्चले गत मङ्सिर २८ गते ‘विशेष नगरसभाले गरेको निर्णयलाई यथास्थितिमा राख्नु’ भन्ने अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार कार्यालयमा पुनः हाजिर हुन पाउनुपर्ने माग उनीहरूको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  २ : ०० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।