स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : प्रचण्ड « Khabarhub

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : प्रचण्ड


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताएका छन् । 

पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज आयोजित छलफलमा उनले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि चिकित्सालयलाई सङ्घीय सरकारबाट रु १३ करोड बजेट विनियोजन भएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश सरकारले पनि प्राकृतिक उपचारसम्बन्धी स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ । 

स्थानीय तहमा चिकित्सालयले प्रमुख स्वास्थ्य संस्थाका रूपमा परिचय बनाएकामा उनले खुसी व्यक्त गरे। छलफलअघि अध्यक्ष दाहाललगायत अभियान टोलीले उक्त चिकित्सालयको अवलोकन र नववर्षको शुभकामना आदानप्रदान गरेको थियो । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ५८ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड